सीमाबाट झण्डै २ लाखको क्वाइलर चल्ला बरामद

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
सशस्त्र प्रहरी भन्सार तथा सुरक्षा गुल्म कृष्णनगरले २५सय क्वाइलर कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट अबैध रुपमा नेपाल भित्राउँदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीले कृष्णनगर नगरपालिका ४, लक्ष्मीनगरबाट चल्ला बरामद गरेको हो । गस्ती टोलीलाई देखेपछि चल्ला तस्कर छाडेर भागेपछि बेवारिसे अवस्थाबाट चल्ला बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज कुमार धितालले जानकारी दिनुभयो । बरामद गरिएका चल्ला नेपाली बजार मूल्य अनुसार १ लाख ७५ हजार रकम बराबर रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक धितालले बताउनुभयो ।


बरामद गरिएका चल्ला पशु क्वारेन्टाइन, नगरपालिकाका प्रतिनिधि, बुद्धिजिवी, स्थानीयको रोहबरमा खाल्डो खनी नष्ट गरिएको धितालले जनाउनुभएको छ ।