अनौठो तिल गाउँ, राती सात बजे पछि मानिस छिर्न प्रतिबन्द

0
Shares

अर्जुन बोहरा, हुम्ला ।
सुन्दैमा अचम्म लाग्न सक्छ । यो हुम्ला जिल्लाको उतरी तिब्त संग जोडिएको नाम्खा गाँउँपालिका ६कै लिमीको तिल गाउँ हो । जहाँ ६० घरधुरी भएको तिल गाउँमा वेलुकी सात बजे पछि गाउँमा जोसुकै लाई पनि घरमा छिर्ने अनुमति नै छैन । गाउँमा अधिकाँस, महिलाहरु,बुडापाका र वालवालिका मात्र छन । जुन तिल गाउँमा वेलुकी सात बजे पछि जोसुकै मानिसहरु आए पनि बस्नको लागि बास पाईदैन । किन भने तिल गाउँका स्थानीय बासिन्दाहरुले राती आउने पाहुना वा आफनै गाउँका मानिसहरु लाई समेत घर भित्र पस्न नदिने निर्णय गरेको छन । हुम्लाकै उतरी तिब्त संग जोडिएको यो अनाकन्टर बरिपरि बस्तीनै नभएको एक्लो गाउँ हो ।

जहाँ तिल गाउँमा जानको लागि हिल्सा बाट पैदल मार्ग हिडेर ६ घण्टा लाग्छ ,भने उता नजिकै जोडिएको अर्को हल्जी गाउँ बाट हिंडेर जान पनि ४ घण्टा लाग्छ । वरीपरि पहाडैपहाड छ भने विचमा सानो समथर भुभागमा भएको एउटा सानो गाउँ छ । तिल गाउँका मानिसहरुको व्यासाय भनेको पशुपालन हो । उत्पादन गर्ने कृषि योग्य जमिन भने थोरै छ । जहान बालबच्चा पाल्नको लागि अहिले त्यहाँका युवायुवती महिला पुरुष समेत तिब्बतको ताक्लाकोटमा कामको खोजीमा सबै गाउँबाट निस्कीसकेका छन । कोहि चौरी गाई गोठाला त कोहि च्याँग्रा भेडा पाल्नको लागि लेक तिर गएकाछन ।

गाउँमा भने घर हेरालोका लागि महिला, बुढापाका र वालवालिका मात्रै छन । हरेक बर्ष बर्षायामा कामको खोजीमा गाउँ बाट बाहिरीन्छन । गाउँमा पुरुष नभए पछि बाहिर बाट आएका मानिस बाट चोरी हुने र महिला माथि बलत्कारका घटना घटेपछि गाउँमा जोसुकै लाई पनि राती सात बजे पछि घरको ढोका नखोल्ने निर्णय गरेको समेत तिल गाउँनिवासी पेमा डोल्कार तामाङ्गले बताइन । आफु पनि काठमाण्डौको बौद्धमा रहेको शेतो गुम्बा निजिकै आफनो घर भएकोले कार्तिक महिना सम्म घर हेर्नको लागि तिल गाउँमा आएको बताउनु भयो । सबै घरपरिवार काठमाण्डौमा र यहाँ घरमा कोहि नभए पछि यो वेला घरको सुरक्षाका् लागि आएको बताइन् । हिउँद ६ महिनामा भारि हिउँ पर्ने भएकोले गाउँले बाहेक अरु कोहि पनि नआउने हुँदा गाउँ सुरक्षित हुने समेत तामाङ्गले बताईन ।

राती आउने वटुवा भोकभोकै सुत्नु पर्ने
राती सात बजे पछि आउने बटुवा वा छिमेकी गाउँले नै बास नपाए पछि ओत लाग्ने ठाउँमा भोकभाकै सुत्नु पर्ने हुन्छ । गाउँको बनाएको नियम पालना गर्दे सात बजे पछि घरमा बति बालेर बसिरहेको या खाना खाईरहेका घरमुलीलाई बास पाउँ भनेर आग्राह गरे पनि सुनेर पनि नसुनै झै गरि ढोका बन्द गर्ने चलन रहेको छ । लिमी पर्यटन महोत्सवको लागि हिल्सा बाट लिमीको हल्जी गाउँमा हानिएका जिल्ला पत्रकार महाँसंघ हुम्लाका अध्यक्ष सहितको एक टोलि एक रात बास नपाउँदा जाग्राम बस्नु परेको गोरखापत्र दैनिकका जिल्ला संवादाता राजन रावतले बताउनु भयो । उहाँका अनुसार राती ठिक सात बजे तिल गाउँमा पुगेता पनि कसैले ढोका खोलेनन र बास पानि पाइएन । ओत लाग्नको लागि तिलबासिको (ग्याङ्ग) घाँस सुकाउने घरमा ओढने ओछाउने विना सुत्नु परेको बताए ।

सिमकोट फिस्टेल एअरको हेलिकोप्टर बाट हिल्सामा पुगेको र हिल्सा बाट ६ घण्टा हिंडेर राती सात बजे तिलगाउँमा पुगेको अर्का पत्रका कारोवारो दैनिकका संवादात रेशम राज रोकायाले बताए । सिमकोट बाटै बोकेर लिएकोे ड्राईफुट खाएर राती विताएको कारोवारो दैनिकका हुम्लाका संवादाता रोकायाले दुखेसो पोख्नु भयो । उहाँका अनुसार विहान उज्यालो भए पछि तिल बासि भने लजित भए । ओछउने र ओढेने विना सुतिरहेको देखे । के गर्नु गाउँले बनाएको नियम हो ।सबैले नियम पालनना गर्नु पर्छ तिलबासि तामाङ्गले बताइन । विहान उेठपछि त पाहुना लाई सत्कार गर्दै खाना खुवाए । हुम्लाका उतरी तिल गाउँमाा मात्र होइन हल्जी र जाँग गाउँमा पनि राती अवेर आउने लाई समस्या नै हुन्छ । नत हिडेन बटुवा लाई बास बस्ने होटल छन नत गाउँलेले नै राती साढे सात बजे पछि बास बस्नकोलागि गाउँमा बास दिन्छन ।