मोरङमा लागुऔषध अपराधबिरुद्धको अभियान सुरु

0
Shares

विराटनगर ।
जिल्ला प्रहरी कार्यालय मोरङले आजबाट तीन महिने लागु औषधअपराध बिरुद्धको अभियान सुरु गरेको छ । विराटनगर भन्सारक्षेत्रमा सोमबार आयोजित कार्यक्रमकाबीच अभियान सुरु गरिएको हो । बिशेषगरी सिमावर्ती भारतीय बजार जोगबनी गएर दुब्र्यसन गर्ने दुब्र्यसनीलाई लक्षित गरि अभियान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी एवम प्रवक्ता निशान थापाले लागुऔषधको प्रयोग विभिन्न अपराधहरुको जडकोरुपमा देखिएको बताए ।

उनले अभियान अन्र्तगत सरोकारवाला,नागरिक समाज र स्थानीय जनप्रतिनिधिहरुसंग सहकार्य गरिने बताए । उनले अभियान अन्र्तगत सीमा प्रहरी चौकी रानी नजिक टेन्टको ब्यवस्थागरि सिमावर्ती तथा आसपासको क्षेत्रमा प्रहरीको सम्पर्कमा आउने दुब्र्यसनीहरुलाई प्रत्येकदिन ५ बजेसम्म राखेर अभिभावकको जिम्मा लगाइने बताए । यस्तै दुब्र्यसनीहरुको अभिलेख राखिने र उनीहरुलाई काउन्सिलिङ तथा अभिमुखिकरण तालिमको ब्यवस्था गरिने बताए। अभियानकालागि लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालयले आवश्यकता अनुसार दक्ष जनशक्ति समेत उपलब्ध गराउने जनाइएको छ । अभियानको क्रममा उपचार तथा पुर्नस्थापना केन्द्रमा लगिएका लागुऔषध प्रयोगकर्ताहरुको १५÷१५ दिनमा प्रगति विवरण तयार गरिने लगायतका कार्यक्रम तय गरिएको छ ।