दशैं सस्तो बजार आयोजना हुने

0
Shares

बुटवल ।
बुटवल उद्योग वाणिज्य संघले बिजया दशमीको अवसरमा आउदो असोज अन्तिम साता दशैं सस्तो बजार आयोजना गर्ने भएको छ ।
संघको कार्यसमितिको सोमवार बसेको नियमित बैठकले असोज २४ गतेदेखि २८ गतेसम्म बालमन्दिर परिसरमा दशैं सस्तो बजार आयोजना गर्ने निणर्य गरेको हो ।
दशै बजार व्यवस्थापन र तयारीका लागि संघले यस अघि नै संघका कार्यसमिति सदस्य नरीश्वर शर्मा पौडेललाई जिम्मेवारी दिएको थियो ।
दशै बजारमा दैनिक उपभोग्य वस्तु सहित पर्वका आवश्यक बस्तुहरु बिक्रिका लागि राखिने छ । संघले दशैं बजारमा सस्तोमा गुणस्तरीय वस्तु उपलब्ध गराउन सम्वन्धित उद्योगलाई प्रत्यक्ष पत्राचार गर्ने गर्दछ ।
बैठकले बुटवल बजार क्षेत्रमा साप्ताहिक रुपमा सोमवार र शनिवार बन्द हुदै आएका पसललाई मुख्य चाडमा खुल्ला राख्ने निणर्य गरेको छ ।
संघले असोज १ गतेदेखि छठ पर्व नसकिदासम्म साप्ताहिक रुपमा सोमवार र शनिवार बन्द हुने पसललाई खुल्ला राखि सर्वसाधारण उपभोक्तालाई सेवा प्रवाह गर्न सवै व्यवसायीहरुलाई आग्रह गरेको छ ।