हुम्लामा एक करोड भन्दा बढिको चिनिया मदिरा नष्ट

14
Shares

अर्जुन बोहरा, हुम्ला ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले विभिन्न समयमा भित्रायाईएका अवैध चिनिया मधिरा (रक्सि) नियन्त्रणमा लिई नष्ट गरेको छ ।
भदौ १० गते पिप्लाङ्ग प्रहरी चौकी,सर्केगाढ प्रहरी चौकी र मेल्छामा प्रहरी चौकीकोे संयूक्त रुपमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चंखेली गाउँपालिकाको नेप्का गाउँको टाँके नाकामा जिल्ला तर्फ ल्याउदै गरेको ३३हजार ९ सय ३६ वटा चिनिया मधिरा रक्सिका बोतल बरामद गरेको हो ।

विभिन्न समयमा बरामद गरीएका चिनिया रक्सि २ हजार ८ सय २८ कार्टन चिनिया मधिरा (झिनि)बरामत गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । एउटा कार्टनमा १२ बोतलको प्रतिबोतल पाँच सयका दरले रु १ करोढ ६९ लाखा ६८ हजार बराबरको रक्सि नष्ट गरेको पिप्लाङ्ग प्रहरी चौकीबाट खटिनु भएका प्रहरी सायक निरिक्षक धन बहादर धामीले टेलिफोन मार्फत जानकारी गराउनु भयो । तिनै वटा प्रहरी चौकी, चंखेली गाउँपालिका अध्यक्ष र वडा प्रतिनिधी, स्थानिय भद्र भलाद्धमीको रोवहरमा नष्ट गरीएको पिप्लाङ्ग प्रहरी चौकीका प्रहरी सायक निरिक्षेक धामी लाई उद्धित गर्दे जिल्ला प्रहरी कार्यलय हुम्लाका इन्सीपेक्टर गहेन्द्र विष्टले बताउनु भयो । नेपाल चिनको नाका टाँके नाकाबाट भित्रिन नदिने अभियानका साथ खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा चिनिया मधिरा बरामत गरेको हो ।

चंखेली गाँपालिका उपाध्यक्ष बिमला कुमारी शाही सहित ६ जना टोली र पिप्लाङ्ग प्रहरी चौकीबाट प्रहरी सायक निरिक्षक धनविर धामीको कमाण्डमा १२ जना प्रहरी टोली उक्त नाकामा गएको टोलीले चिनबाट अबैध रुपमा नेपालको भू–भागमा भित्रार्याई बिभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा ठुलो परिमाणमा चाईनिज अबैध मदिरा फेला पारी बरामद गरी जनप्रतिनिधी र स्थानियको रोहवरमा नष्ट गरिको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले चिनको तिब्त संग सिमा जोडिएका नाकाबाट अवधै चिनिया मधिरका र घरेलु मदिरा उत्पादन, विक्री वितरण तथा ओसारपसारको नियन्त्रणमा अभियानकै क्रममा जिल्ला प्रहरी कार्यलय हुम्लाले दोश्रो पटक बरामत गरेको हो ।