दुई यात्रुबहाक बस जुद्धा १९ यात्रु घाईते

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको बांगाबगर नजिक आज अपरान्ह २ यात्रुवहाक बस ठोक्किएका छन् । २ बस एक आपसमा ठोक्किदा १९ यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता , प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

महेन्द्रनगरवाट दार्चुलाका लागी छुटेको ना ६ ख ७४२० बस र गन्नावाट महेन्द्रनगरका लागी छुटेको ना ४ ख ७५४७ नं बस अपरान्ह साढे ४ बजे बांगाबगर ठोक्किएका हुन् । घाईतेको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । घाईतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । बस ठोक्किनुको कारण खुल्न सकेको छैन् । दुर्घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।