मुख्यमन्त्रीहरुले संघीय सरकारका बिरुद्ध मोर्चाबन्दी गरेका होइननः गुरुङ्ग

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले सात प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारका बिरुद्ध मोर्चाबन्दी नगरेको बरु अधिकार खोजी गरेको बताएका छन ।
प्रेस चौतारी र प्रेस सेन्टर पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री गुरुङ्गले संघीय सरकार अनुदार बनेका कारण मुख्यमन्त्रीहरु भेला भएर अधिकारको खोजी गर्दा मोर्चाबन्दी नहुने बताएका हुन ।

‘प्रदेश सकारका लागि आवश्यक कानुन, कर्मचारी, लगायतका बिषयहरु संघीय सरकारले अहिले सम्म दिन नसकेका कारण हामीलाई काम गर्न कठिनाई भएको छ’ उनले भने प्रदेशलाई दिनुपर्ने अधिकार र संरचनाहरु छिटे देउ, काम गर्ने वातावरण बनाउनुप¥यो भन्दा कसरी मोर्चाबन्दी हुन्छ’ अहिले सम्म प्रदेश सरकारले कर्मचारी र संरचनाहरुको अभाबमा काम गर्न नसकेको र संघीय सरकार अनुदार बन्दा यस्तो अवस्था आएको दाबी गरे । प्रदेशका लागि आवश्यक कर्मचारी पठाउने, आर्थिक स्रोतको बाँडफाँड गर्ने र प्रदेशका लागि अधिकार प्रत्यायोजन गर्ने संघीय कानुनहरु संशोधनमा ढिलाई गरेर संघीय सरकार अनुदार बनेको बताए । ‘कर्मचारी छिटो पठाउने र योजनाहरुको बर्गिकरण गर्ने काम समेत भएको छैन’ उनले भने ‘प्रदेशलाई काम गर्ने वातावरण बनाउन संघीय सरकार अनुदार बनेको छ ।’
मुख्यमन्त्री गुरुङ्ग प्रदेश सरकारहरु असफल हुँदा संघीयता नै असफल हुने भन्दै प्रदेश संरचना बलियो बनाउँदा मात्रै संघीयता बलियो हुने बताए । प्रदेश सरकारले काम गर्न थालेको ५ महिना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु अनुचित भएको भनाई पनि उनेको छ । ‘बजेट ल्याएपनि कार्यान्वयन गर्ने कानुन र संरचना नै छैन’ उनले भने ‘अहिले नै प्रदेश सरकारको मुल्याँकन गर्ने बेला भएको छैन’ । उनले संघीयता खर्चिलो भएको भन्ने तर्क मुर्खतापुर्ण भएको बताउँदै स्रोत साधन परिचालन गरेर अधिकतम आम्दानी गर्दा संघीयता बलियो हुने बताए । ‘संघीयता रहरले होइन आवश्यकताका आधारमा आएको हो’ उनले भने ‘संघीयताको सबकल्पन खोज्ने काम मुर्खता शिवाय केही होइन ।’