१ सय ६७ लिटर अवैध मदिरा नष्ट

0
Shares

सलिम अन्सारी, प्यूठान ।
प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको घरेलु मदिरा नष्ट गरेको छ । आईतबार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको १ सय ६७ लिटर मदिरा नष्ट गरेको हो ।
जिल्लाको बिजुवार,बहाने र ओखरकोट लगायतका ठाउँबाट उक्त अबैध मदिरा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । अवैध रुपमा उत्पादन गरेको १ सय ६७ लिटर अबैध घरेलु मदिरा बरामद गरी स्थानीय जन प्रतिनिधी, सञ्चारकर्मीहरुको उपस्थितीमा नष्ट गरिएको प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए । उनका अनुसार यहि भदौ २० गते देखि जिल्लामा अबैध मदिरा नियन्त्रण रोकथाम अभियान समेत संचालन गरिएको छ ।

अधिकांश अपराधिक घटनाहरु मदिरा सेवन संग सम्बन्धित रहेको पाईएकोले मदिरा सेवन तथा बेचबिखनलाई व्यवस्थित गरी अपराध न्यूनिकरण र शान्ती सुरक्षाको प्रत्याभुती दिलाउन यस अभियानले मुख्य भूमिका खेल्ने बिश्वास ब्याक्त गरे।
प्यूठान जिल्लामा मदिरा बेचबिखन, ओसार पसार र सेवनलाई ब्यवस्थित गर्ने आचारसंहिता २०७५ू लाई परिमार्जन सहित स्वीकृत गरेको हुँदा मदिरा नियन्त्रण अभियानलाई कार्यान्वयन गर्न सक्रीयताका साथ लागेको प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाई छ।

आचार संहिताको मुख्य बुँदाहरुः
 आफ्नो कुल धर्म र परम्परा, पूजा अर्चना र कोसेलीको प्रयोजन बाहेक अन्य प्रयोजनको लागी खुल्ला तथा घरेलु मदिराको उत्पादन, ओसारपसार तथा बिक्री बितरण र सेवन गर्न पाइनेछैन ।
 अठार बर्ष उमेर पुरा नगरेको व्यक्ति, गर्भवति तथा सुत्केरी महिलालाई मदिरा बिक्री बितरण गर्न पाईने छैन ।
 अठार बर्ष उमेर पुरा नगरेको व्यक्तिले मदिराको बिक्री बितरण गर्न पाईने छैन ।
 अनुमतिपत्र प्राप्त थोक बिक्रेताले बिहान १०स्०० बजेदेखि राति ०८स्०० बजेसम्म मात्र बिक्रिवितरण गर्नुपर्नेछ भने खुद्रा बिक्रेताले साँझ ०५ स् ३० बजेदेखि ०८ स् ३० बजेसम्म मात्र बिक्रिवितरण गर्नुपर्नेछ ।
 सार्बजनिक स्थलको २०० मिटर आसपास कुनै पनि प्रकारको मदिरा बिक्री बितरण र सेवन गर्न पाईने छैन ।
 मदिरा सेवन गरी सरकारी कार्यालय, सार्वजनिक संस्था तथा सार्वजनिक सभा, समारोह, बैठकहरूमा प्रवेश गर्न पाईने छैन ।
 मदिरा सेवन गरी कुनै प्रकारको सवारी साधन चलाउन पाइनेछैन ।
 मदिरा सेवन गरी सार्बजनिक यातायातमा यात्रा गर्न पाईने छैन ।
 कम गुणस्तरको मदिरा बिक्रिवितरण र सेवनलाई निरूत्साहित गरिने छ ।
 आचार संहिता विपरीतका अन्य कसूर गरेमा रु. १०००।– जरिवाना गरिने, अवैध मदिरा जफत गरिने तथा घरेलु मदिरा नष्ट गरी मदिरा बनाउन प्रयोग हुने भाँडाकुडा समलेत जफत गरिने एवं मदिरा ऐन बमोजिम थप सजाय समेत हुनसक्ने छ ।