जवरजस्ती करणी मुद्दाका फरार प्रतिबादी पक्राउ

0
Shares

काठमाडाैँ ।  

जवरजस्ती करणी मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सुरुङ्गा गा.वि.स. वडा नं. ५ का ४२ वर्षिय नेत्र तिम्सिना रहेका छन् । तिम्सिना केहि समय अघिदेखि फरार थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज, काठमाडौंबाट खटी गएको टोलीले हिजो आईतबार पाँचथरबाट इलाम तर्फ भाग्दै गर्दा इलामको जिरोकिलोबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तिम्सिनाले २०७० साल असोज १५ गते पीडितलाई झापा सुरुङ्गा गा.वि.स. वडा नं. ५ मा नशालु पदार्थ सुंघाई बेहोश बनाएर जवरजस्ती करणी गरेका थिए ।

जबरजस्ती करणी मुद्दामा तिम्सिनालाई जिल्ला अदालत झापाको २०७३ साल मंसिर १२ गतेको फैसला र सोही मुद्दामा उच्च अदालत बिराटनगरको २०७५ साल जेठ १५ गतेको फैसलाले ५ वर्ष कैद र पिडितले महिला तथा बालबालिका कार्यालय झापाबाट तिस हजार क्षतिपूर्ती पाउने गरी ठहर भएको लगत्तै उनी विभिन्न जिल्लाहरुका बिकट स्थानहरुमा लुकिटिपि बस्दै आएका थिए ।

पक्राउ परेका तिम्सिनालाई फैसला कार्यान्वयनका लागि ईलाम जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय ईलाम पठाएको छ ।