शेयर बजार आरालो लाग्दा व्यवसायी मर्कामा

0
Shares

काठमाडौँ ।
धितोपत्र बजार आज पनि पुनः ओरालो लागेको छ ।

आइतबार दोहारो अङ्कले घटेको बजार आज ८।१ बिन्दुले घटेर एक हजार २१० मा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले घटेर २५६।१६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६२ कम्पनीको ११ लाख ५९ हजार २७२ कित्ता शेयर रु २७ करोड ७४ लाख २२ हजार ९६७ मूल्यमा खरिद बिक्री भएको छ ।

दुई उपमूहको शेयर बढ्दा अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन २४।६८ र माइक्रोफाइनान्स १३।३१ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ९।६३, होटल ४५।९५, विकास बैंक १०।२८, जलविद्युत् १०।७५, फाइनान्स ३।३२, निर्जीवन बीमा ५८।५९, अन्य ३।६७ र जीवन बीमा २०।१८ बिन्दुले घटेको छ ।
रासस