काभेमा चार वर्षमा ४ सय १४ जनाले गरे आत्महत्या

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अन्र्तराष्ट्रिय आत्महत्या रोकथाम दिवसको अवसर पारी जिल्लामा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोहि अवसरमा महिलाहरुले तीज विशेष कार्यक्रम समेत गरेका थिए ।
सोहि कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जिल्लामा साउन र चैत्र महिनामा आत्महत्या गर्नेहरुको संख्या धेरै भएको बताए । ‘प्रेममा असफल भएका, बाबु आमा मध्ये एकले छाडेर बेसाहार भएका, बहुविवाह, बैदेशिक रोजगार, मादक पदार्थ सेवन, बालविवाह, घरेलु हिंसा, मानसिक तनाव, दाईजो जस्ता आत्महत्याका प्रमुख कारण देखिएका छन्’–प्रहरी प्रमुख एसपी रविराज खड्काले भने–‘आत्महत्याको डरलाग्दो रुपको न्यूनिकरण गर्न भएका प्रयासलाई अझै बढाउनु पर्ने आवश्यकता छ ।’

विश्वभर प्रति ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्ग सार्वजनिक भएको छ भने ८ लाख ब्यक्तिहरु बार्षिक आत्महत्या गर्छन । विश्वको पहिलो देश श्रीलंका आत्महत्या गर्नेहरुको सूचीमा पर्छ भने १ सय २५ औ मूलुकमा नेपाल पर्दछ । १५–२९ वर्ष उमेर समुहका ब्यक्तिहरुले आत्महत्या धेरै गर्ने गरेका छन् । आत्महत्या गर्नेहरु मध्ये नेपालमा ७० प्रतिशत झुण्डिएर आत्महत्या गरेका छन् भने १८ प्रतिशत विष सेवन र १२ प्रतिशत डुबेर आत्महत्या गरेका छन् । जिल्लामा आर्थिक वर्ष २०७१÷२०७२ मा ९६ जना, २०७२÷२०७३ मा ९७ जना, २०७३÷२०७४ मा १ सय २५ र २०७४÷२०७५ मा १ सय २३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा धेरै महिला छन् । २ सय १३ महिला र १ सय ६४ पुरुषले आत्महत्या गरेका छन् । ति मध्ये १ सय ४८ जना जजनाती मात्रै छन् ।

आत्महत्या गर्नेहरु मध्ये शनिबार धेरै छन् । आत्महत्या गर्नेहरुले दिउसो १२ बजे देखि साँझ ६ बजेसम्मको समयलाई उपयुक्त बनाएका छन् । मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले बलात्कार तथा घरेलु हिंसाका कारण पनि आत्महत्या गर्ने गरेको तथ्याङ्क सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । समन्वय समिति प्रमुख उद्धव केसीले आत्महत्यामा बालबालिका देखि बृद्धसम्म रहेकाले यसको न्युनिकरण गर्ने अभिप्रायले स्थानीय सरकार, सरोकारवाला निकायहरु बीच अन्र्तक्रिया गरेको बताए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले फरक फरक खालका माग र चाहना, सुविधाका कारण आत्महत्याको संख्या बढ्दै गएको बताए । जनतेतनामुलक अभियान र आध्यात्मीक हिसावले आत्महत्या न्यूनिकरण गर्न सकिने प्रजिअ राउतले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतम, बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहाल, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, विभिन्न कार्यालयका प्रमुखहरु, जिल्ला बन कार्यालयका प्रमुख प्रेम खनाल लगायतले आत्महत्यका कारण र न्यूनिकरणका उपायहरुका बारेमा धारणा राखेका थिए ।