दुबै मित्र देशसँगको सम्बन्ध नयाँ उचाईमाः परराष्ट्रमन्त्री ज्ञवाली

0
Shares

अनिल खत्री, गुल्मी ।
नेपालर सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले दुई मित्रराष्ट्रसँगको सम्बन्ध नयाँ उचाइमा पुराएको बताएका छन् । सोमबार गुल्मीको रिडीमा नेपाली सेनाद्धारा निर्माणधिन कालिगण्डकी करीडोर अन्र्तगत रिडी रुद्राबेनी,पूर्तिघाट,बाग्लुङ्ग सडकको १० किलो मिटर सडकको रिडीमा सुचारु गर्दै केहि मन्त्री ज्ञवालीले दुई मित्र राष्ट्रसँगको समबन्ध नयाँ उचाईमा पुगेकाले बिश्वमा नेपालको छबिलाई उज्यालो भएको बताए ।


नेपालले सबै मित्र राष्ट्रहरुसँग मित्रतालाई कायम राख्दै नेपालको हितलाई प्रथामिकतामा राखेर अगाडी बढेका छौं मन्त्री ज्ञवालीले भने, ‘नेपालको कुनै देशसँग भैहिरभाव नभएको बताए ।’ मन्त्री ज्ञवालीलले शान्ति सदभाव कायम राख्दै सबै मित्रहरुसँग अगाडी वढन चाहेको बताए ।
बिश्वमै आर्थिक हिसावले फड्को मारिरहेका दुई छिमेकी मित्रहरुसँग सुर्धिएको सम्बन्धले नेपाललाई धेरै फाइदा मिल्ने मन्त्री ज्ञवालीको भनाई छ । नेपाली सेनाद्धारा निर्माणधिन कालिगण्डकी करीडोर सडकको १० किलो मिटर सडक चौडा पार्ने काम तोकिएको समयमै पुरा गरेकोमा नेपाली सेनालाई धन्यवाद दिए । उनले यो करिडोरलाई पुरा गर्न उच्च प्रथामिकता दिन मित्र राष्ट्र चिनलाई आग्रह गरेको समेत बताए ।

यो मार्ग हुँदै भारत र चिनसँग जोडिने मार्ग रहेकाले यस सडकको स्तर उन्नती गर्न सरकारले उच्च प्रथामिकतामा राखेको बताए । मन्त्री ज्ञवालीले अर्को वर्ष सम्म बाग्लुङ्गको मलढुंगासम्मको सडकको स्तर उन्नती हुँने बताए ।
भारत हुँदै लुम्बिनीबाट छिरेका पर्यटक कालिगण्डकी करिडोर हँुदै कोरला नाकाबाट चिनसम्म पुग्न सकिने बताए । यो मार्ग दुइ मित्रराष्ट्रसँग जोडिने मार्ग रहेकाले छिमेकी चिन राष्ट्रसँगको समकक्षीसँग नाका खुलाउन र स्तर उन्नती गर्न पहल भैरहेको बताए । गुल्मी बुटवल सडक अन्र्तगत सिद्धबाबाको जोखिमलाई अत्य गर्न सुरुङ्ग मार्ग बनाउन केन्द्र सरकारले प्रथामिकतामा राखेको समेत जानकारी दिए । मन्त्री ज्ञवालीलले अब देश नयाँ युगमा प्रबेश गरेको भन्दै देशको स्थिरता र जनताले समृद्धि चाहेकाले दलगत स्वार्थ भन्दा माथी उठेर बिकासका कामहरु अगाडी वढाउँदै जाने सरकारको मुख्य उदेश्य रहेको ज्ञवालीको भनाई छ । सडक सुभारम्ब कार्यक्रममा पूर्व मन्त्री एबं राष्ट्रिय सभा सदस्य दिनानाथ शर्मा, प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल, प्रदेश नम्बर ५ का संसद एबं बिशेष अधिकार समिति संयोजक कमलराज श्रेष्ठ, प्रदेश नम्बर ५ का संसद खडग केसी, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लगायतले यो मार्गले गुल्मीको भबिश्य कोर्ने काम गरिरहेको बताए ।


उनिहरुले यस मार्गको स्तर उन्नती गरेर सडक नियमित सुचारु भए गुल्मीको भबिश्य माथी उठने बताए । कालिगण्डकी करीडोर अन्र्तगत रिडी रुद्राबेनी,पूर्तिघाट,बाग्लुङ्ग सडकको चौडा पार्ने काम नेपाली सेनाले १० करोडमा जिम्मा लिएको कालिगण्डकी करिडोर सडक निर्माण कार्यदल संयोजक कर्नेल रेश्मीराज भट्टाईले बताए ।
सेनाले गएको बैसाखकको दोस्रो हप्ता १० मिटर चौडा पार्ने कामको जिम्मा लिएको थियो । उक्त सड्क खण्डको रुद्रबेनी सम्मको सड्कलाई चौडा पारेर १० मिटरको बनाउने कामको ३ महिना समय अबधी रहेकाले समय अबधिमै काम सम्पन्न गर्न सफल भएको भट्टाईले बताए । हाल ७ मिटरको रहेको ट्याक रहेको सड्क चौडा पारेर १० मिटरको बनाईएको छ ।


सेनाले यस अघि करिडोर अन्र्तगत रिडी पालुङ्गखोला खण्ड ४२ किलोमिटर र बाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोला ३८ किलोमिटर गरि करिव ८० किलोमिटर सड्कको ट्याक सेनाले नै खोलेको थियो । करिडोर निर्माणको लागि गुल्मीमा ०७० सालमा श्री कालिगण्डकी करीडोर सडक निर्माण कार्यदल गठन गरेका सेनाले सडक निर्माण गर्दै आएको छ ।