बैतडीमा ४ बर्षमा ११५ जनाले गरे आत्महत्या

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइँरहेका बेला बैतडीमा आत्महत्या रोकथाम चुनौतीको रूपमा देखा परेको छ । प्रहरीको तथ्याङ्क हेर्दा गएको ४ बर्षमा जिल्लामा १ सय बढीले आत्महत्या गरेका छन् । वि स २०७१ साल साउनदेखि हालसम्म ११५ जनाले आत्महत्या गरेका छन् ।
देहत्याग(आत्महत्या) अर्थात् आफैले जानी–जानी गरिने आफ्नै हत्या । जानीजानी, आफुखुशी अर्थात कसैको दबाबमा नपरी आफ्नो जीवनको अन्त्य गर्नुलाई आत्महत्या भनिन्छ । ‘आत्महत्या’ शब्दले आत्माको हत्या जनाउँछ । तर ‘आत्मा’ को हत्या गर्न सम्भव छैन । स्वयंले गरेको शरीर हत्यालाई नै आत्महत्या भन्ने गरिन्छ ।
मानवीय इच्छा र आंकाक्षाहरु अनगिन्ती छन् । जसलाई मानिसहरु पुरा गर्न चाहन्छन् । ती इच्छा र आंकाक्षाहरु पुरा नभए मानिस देहत्याग गर्छ ।
बैतडीमा आत्महत्याको अवस्था डरलाग्दो भएकोले यसको न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रमको सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल कारण पत्ता लगाई न्यूनीकरण गर्न जरुरी रहेको प्रहरीको भनाई रहेको छ । आत्महत्याको घटना कम गर्न प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
बैतडीमा यसरी डरलाग्दो रुपमा आत्महत्याको घटनालाई न्युनीकरण गर्नु आवश्यक छ । जिल्ला प्रहरी कार्यालयका अनुसार देहत्याग गर्नेको संख्या बढ्दै गएको छ ।
आर्थिक बर्ष २०७१÷७२ मा १६ जनाले आत्महत्या गरेकोमा २०७२÷७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ ।
यस्तै आर्थिक बर्ष २०७३÷७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३६ पुगेको छ ।
भने गत आर्थिक बर्ष ०७४÷७५ मा ३१ जनाले आत्महत्या गरेका छन् ।
चालु आर्थिक बर्षमा हालसम्म ३ जनाले देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
आत्महत्या कुनै एक व्यक्ति निकायले न्युनीकरण गर्न नसक्ने र यसका लागी सबै पक्षले जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने उनको भनाई छ ।

के कती कारणले आत्महत्या हुन्छ त्यही अनुसार जनचेतानका कार्यक्रमहरु गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद ग्रैह्रेले बताए । आत्महत्या मानसिक विरामी भएकोले रोकथामका लागी परिवारले पनि सहयोग गर्नुपर्छ उनले भने“घरेलु हिंसा न्युनिकरण गर्न सके आत्महत्या गर्ने दर पनि घट्छ”“आत्महत्या न्युनिकरण गर्न समग्र समाजको दायित्व सबैको भएकोले सबैले आ आफ्नो क्षेत्रवाट लाग्नुपर्छ ” प्रमुख जिल्ला अधिकारी ग्रैह्रेले भने ।
आत्महत्याको घटना वृद्धि भएकोले प्रहरीले जिल्लाका विभिन्न विद्यालयका सचेतनाका कार्यक्रम सञ्चालन गर्नुका प्रहरी युनिटहरुवाट पनि जनचेतना जगाउने कार्य जारी राखेको प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण तनाव रहेकोले के कारणले तनाब भएको हो त्यो कारण पत्ता लगाई न्युनिकरण गर्न आवश्यक रहेको मनोविज्ञान सम्प्रदाय नेपाल(टिपस)का डाक्टर नरेन्द्र ठगुन्नाले बताए । आत्महत्याको घटना कम गर्न विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्छ उनले भने “आत्महत्या एक रोग जस्तै देखा परेको छ ”
बैतडीमा आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल कारण पत्ता लगाई न्यूनीकरण गर्न जरुरी छ । आत्महत्या गर्नेले खास गरेर कसैवाट पिडित भएर गर्ने भएकाले सम्झाउन तर्फ लाग्नुपर्छ । आत्महत्या मानसिक विरामी भएकोले रोकथामका लागी परिवारले पनि सहयोग गर्नुपर्छ उनले भने“घरेलु हिंसा न्युनिकरण गर्न सके आत्महत्या गर्ने दर पनि घट्छ”
तनाबमा रहेका व्यक्ती घोर्रिने, चिट्चिट गर्ने, बेलाबेलामा झस्किने, कसैसंग कुरा नगर्ने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागू पदार्थ सेवन लगायतका लक्षण देखा पर्ने भएकाले यस्तो लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिनुका साथै त्यस्तो व्यक्तीलाई सम्झाई बुझाई गर्नुपर्ने , एक्लै यताउती जान नदिने डाक्टर ठगुन्नाको सुझाव रहेको छ ।
यसका साथै प्रेममा धोका , पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवन , लगायतका कारणहरु रहेको प्रहरीको अनुसन्धान रहेको छ ।
आत्महत्यालाई कम गर्न प्रहरीले जनचेतनाको कार्यक्रमहरु व्यापक रुपमा संचालन गरिरहेको भएपनि यो नियन्त्रणमा चुनौती रहेको बताईएको छ ।
आत्महत्या गर्नेले खास गरेर कसैवाट पिडित भएर गर्ने भएकाल सम्झाउन तर्फ लाग्नुपर्ने रोकथामका लागी परिवारले पनि सहयोग गर्नुपर्ने प्रहरीको भनाई रहेको छ ।

मनोविज्ञान सम्प्रदाय नेपाल(टिपस)का अनुसार नेपालमा बिगत ३ बर्षको तथ्यांक हेर्दा आच्महत्या गर्नेको संख्या बढ्दो रहेको छ । देशभरी आर्थिक बर्ष २०७२÷७३ मा ४ हजार ६७३ जनाले आत्महत्या गरेको देखिएको छ ।
यस्तै आर्थिक बर्ष २०७३÷७४ मा आत्महत्या गर्नेको संख्या बढेर ५ हजार १२४ पुगेको छ । भने गत आर्थिक बर्ष ०७४÷७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेका छन् ।