डोटीमा लोपहुने अवस्थामा पानी घट्ट

0
Shares

विमल बिष्ट , डोटी ।
डोटी जिल्लामा रैथाने पानी घट्ट लोपहुने अवस्थामा पुगेका छन । जिल्लामा रैथाने प्रवृत्तिको रूपमा रहेको पानी घट्न अहिले लोपहुने अवस्थामा पुगेको छ । पुर्खाहरूले घरेलु उद्योगका रूपमा प्रयोग गर्दै आएका पानी घट्टको साटो अहिले बिधुतिय मेसिन बाट चल्ने उद्योगहरू संञ्चालनमा आएपछि रैथाने पानी घट्ट लोपहुने अवस्थामा पुगेको स्थानिय पुर्णबहादुर बिष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘जताततै बिद्युतिय उपकरणका साधनहरु चल्न थालेका छन् पुख्यौली पेसाको रुपमा रहेको पानी घट्ट बिस्तारै हराउदै जानथालेको छ ।’

पहिले चामल,धान,गहु, मकै लगायतका अन्नबालि पिस्नको लागि घट्टमा लिने गरिन्थ्यो । तर स्थानीय उद्योगको रूपमा परिचित पानी घट्ट अहिले लोपहुने अवस्थामा पुग्दा आफुले संञ्चालन गर्दै आएको पानी घट्टा अहिले अन्नबाली पिसानि गर्न पहिलेको भन्दा निकै कम आउने गरेको जोरायल गाउपालिका ५का स्थानिय रुपसिंह विष्टले बताउनुभयो ।

बिष्टले सोही क्षेत्रमा घट्ट ब्यावसाय गर्दै आएको १५ बर्ष बितिसकेको छ । आफुले २५ केजिको पिसानि गरे बाफत ४ माना पिठो लिने गरेको उहाँले बताउनुभयो । बर्षाको समयमा पानी पर्याप्त हुनाले एक सय २० केजी सम्म पिसानि हुने र हिउदो समयमा ३० देखि ४० केजी सम्मको अन्न पिसानी गर्न धौ धौ हुने गरेको उहाँले बताउनु भयो । बर्षायाममा पानीको मात्रा प्रर्याप्त हुने भएपछि बर्षामा मात्रै घट्ट चल्ने गरेका र हिउदमा पानीको मात्रा कम हुने भएकाले घट्ट कम चल्ने गरेको घट्ट ब्यावसायीहरु बताउछन् । सरकारले पानी घट्ट ब्यबसायीहरुलाई प्रोत्सान गनुपर्ने उनिहरुको माग छ ।