डोटीमा पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीको जोरायल गाउपालिका ५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछा पलन सुरु गरिएको छ । स्थानिय चार जना युवाहरुको पहलमा रेन्बो ट्राउट माछा पलन सुरु गरिएको हो । स्थानियबासीका अनुसार डोटीमा मात्रै नभई ७ प्रदेशमै पहिलो पटक रेन्बो ट्राउट माछा पलन सुरु गरिएको बताईएको छ । सो गाउपालिका स्थित सिमडा गाउका स्थानिय लिलाधर विष्ट,हेमबहादुर विष्टले जैबिक कृर्षि उत्पादन तथा प्रबद्र्धन फर्म उद्योग दर्ता गरेर पहिलो पटक रेन्बो ट्राउट माछा पालन गरेको गड्सेराका स्थानिय शिक्षक प्रकाशबहादुर रावलले बताउनु भयो ।


नेपाल सरकार मत्स्य बिकास कृर्तिम तथा प्रकृर्तिक जलाशय मत्स्य बिकास कार्यक्रम बालाजु काठमाण्डौको पाँच लाख र जोरायल गाउपालिकाको एक लाख गरी कुल ६ लाख रुपियामा ५ हजार रेन्बो ट्राउट माछा पालन सुरु गरिएको जैबिक कृर्षि उत्पादन तथा प्रबद्र्धन फर्म उद्योगका सचिब तथा माछा पाालन ब्यबसायी लिलाधर विष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘लाखौ रकम लगानी गरेर माछा पालन सुरु गरेका छौ,राम्रै संग हुर्किन थालेका छन्,राम्रै आम्दानी हुनेछ होला ।’ गएको बैसाक महिनामा मत्स्य अनुसन्धान केन्द्र नुवाकोटका मत्स्य प्राबिधिकको सहयोगमा उक्त माछा ल्याईएको सबिच विष्टले जानकारी दिनु भयो । मत्स्य बिकास केन्द्र गेटा कैलाली र जिल्ला कृषि बिकास कार्यालय डोटीको प्रबिधिक टोलीले गरेको प्रारम्भिक अध्यन अनुसार गड्सेरामा रेन्बो ट्राउट माछा पालन र भुरा उत्पादनका निमित्त उपयुक्त रहेको निष्कर्ष निकालेपछि सो ठाउमा पहिलो पटक रेन्बो ट्राउट माछा पालन सुरु गरिएको हो ।

चिसो र बहाब भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाको रुपमा लिईन्छ । चिसोमा पानीमा पालिने भएका कारण यसको स्वाद विसिष्ट किसिमको हुनुका साथै आम्दानी पनि राम्रै हुने गरेको जिल्ला कृषि बिकास कार्यालय डोटीका प्रमुख डाक्टर तपेन्द्रबहादुर शाहले बताउनु भयो । ‘चिसो पानीमा हुर्किने र हुकाउन लाई पनि खासै मेहनेत नचाईने भएकाले यो माछालाई आम्दानीको प्रमुख श्रोतका रुपमा लिईने गरेको छ, उहाँले भन्नु भयो ‘रेन्बो ट्राउट माछा सुन्य देखी २१ डिग्री सेन्टीग्रेड तापक्रममा बाच्न सक्छ,यसको राम्रो बृद्धिका लागि १० देखी २० डिग्री सेन्टीग्रेड उपयुक्त मानिन्छ जो तापक्रम गड्सेरामा छ ।’ नेपालमा रेन्बो ट्राउट माछा सन् १९८९ बाट सुरु गरिएको र जापन सरकारले तत्कालिन अवस्थामा ५० हजार माछाका भुरा नेपाल पठाएको थियो । नुवाकोट जिल्लाको त्रिशुलीमा परिक्षण उत्पादनका लागि राखिएको थियो भने उत्पादन भएका रेन्बो ट्राउट माछा बेचबिखन सुन १०९७ बाट सुरु भएको जिल्ला कृषि बिकास कार्यालय डोटीका प्रमुख डाक्टर शाहले बताउनु भयो ।