दुई बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

0
Shares

काठमाडौँ ।
काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री हरेका छन् ।

पक्राउ परेका खत्रीलाई हिजो आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । ४ दिनअघिदेखि हराईरहेको ती दुई १३ र १४ वर्षका बालिकालाई प्रहरीले उद्दार गरेको छ ।
दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाइएको प्रहरीले जनाएको छ ।