एलजी सिने सर्कल अवार्डको मनोनयन सार्वजनिक

0
Shares

एलजी सिने सर्कल अवार्ड–२०७५ मनोनयन सँची सार्वजनिक गरिएको छ।
लाइफटाइम अचिभमेन्ट अवार्डसहित २३ विधामा प्रदान गरिने अवार्डमा पोस्टर बनाउनेदेखि लिएर ट्रेलर बनाउने तथा भीएफएक्सको पाटामा समेत उत्कृष्ट काम गर्ने प्राविधिकलाई समेटिएको आयोजक दिनेश डीसीले जानकारी गराएका छन्।
बलिउड अभिनेता गोविन्दाको प्रमुख आतिथ्यतामा आगामी ३१ गते राजधानीमा हुने अवार्डको केही विधामा उत्कृष्ट ७ समेतको सँची सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको सँचीअनुसार अवार्डमा फिल्मतर्फ भुइँमान्छे, पञ्चायत, राज्जा रानी, त्यान्द्रो, तिमीसँग र जालो मनोनयनमा परेका छन् भने वर्षको फिल्मतर्फ छक्का पञ्जा–२, पञ्चायत, शत्रुगते, लिलीबिली, भुइँमान्छे, मंगलम् र तिमीसँग मनोनयनमा छन्।
लोकप्रिय अभिनेतातर्पm दीपकराज गिरी, प्रदीप खड्का, अनमोल केसी, प्रशान्त ताम्राकार र केदार घिमिरे तथा लोकप्रिय अभिनेतृर्फ साम्राज्ञीराज्यलक्ष्मी शाह, श्वेता खड्का, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का मनोनयमा परेका छन्। त्यसै गरी वर्षको अभिनेतातर्फ सरोज खनाल, राज कटुवाल, दयाहाङ राई, अनमोल केसी, प्रदीप खड्का, नाजिर हुसेन, पुष्पल खड्का तथा वर्षको अभिनेतृतर्फ साम्राज्ञीराज्यलक्ष्मी शाह, नीता ढुंगाना, बेनिशा हमाल, शिल्पा पोखरेल र प्रियंका कार्की मनोनयमा छन्।
मृगौलाले काम गर्न छोडी उपचारमा रहेका निर्देशक किशोर रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने अवार्ड समारोहमा वर्षको निर्देशक, पोस्टर, ट्रेलर, स्टन्ट, लोकप्रिय गीत, भीएफएक्स, सम्पादन, पाश्र्व संगीत, पटकथा, पाश्र्वगायक, पाश्र्वगायिका, संगीतकार, द्वन्द निर्देशक, कोरियोग्राफर, युगल जोडी र छायाँकार विधामा समेत अवार्ड दिइने डीसीले जानकारी गराएका छन्।