कृषकका लागि सरकारले विभिन्न कार्यक्रमहरु ल्याउने तयारी गरेको छः मन्त्री खनाल

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कृषकका लागि सरकारले बिभिन्न कार्यक्रमहरु ल्याउने तयारी गरेको बताउनु भएको छ ।आज भक्तपुरको सूर्यविनायकमा आरम्भ कृषि सहकारी संस्था लि.को आठौ साधारण सभामा बोल्दै उहाँले उत्पादनमा बृद्धि गर्नका लागि अनुदान र सहुलीयत ऋणमा बृद्धि गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
कृषि र सहकारी मन्त्रालयबाट कृषक एवं कृषि सहकारीका लागि जाने अनुदानको पहुँच समेत बृद्धि गर्नुपर्नेमा जोड दिदै मन्त्री खनालले कृषि उत्पादनमा लागेको संस्थाको पहिचान गर्दै अनुदान दिनेबारे मन्त्रालयले कार्य अगाडि बढाएको बताउनुभयो ।अरु सहकारी फस्टाउँदै गएपनि कृषि सहकारी भने जोखिम मै रहेको चर्चा गर्दै उहाँले कृषकले गरेका उत्पादनले सहज रुपमा बजार नपाउँने र उचित मूल्य नपाउँदा कृषक मारमा परेको भनाई राख्नुभयो ।

महिलाको श्रमको मूल्य अझै नभएको भन्दै महिलाको श्रमबाटै देशको विकासमा टेवा पुगेको कुरालाई कसैले पनि बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो । समग्र सहकारी र कृषिमा ६० लाख मानिस जोडिएको बताउँदै उहाँले महिलाहरुले सहकारी मार्फत श्रम, लगानी र आम्दानीमा बृद्धि गर्दा देश कै आर्थिक मेरुदण्ड सबल हुने भनाई राख्नुभयो । महिलाको श्रमको मूल्य अझै नभएको भन्दै महिलाको श्रमबाटै देशको विकासमा टेवा पुगेको कुरालाई कसैले पनि बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक सरिता भट्टराईले कृषि सहकारी छायाँमा पर्दै आएको सन्दर्भ कोट्याउँदै कृषि उत्पादनमा बृछि गर्न र कृषकलाई प्रोत्साहन गर्नका लागि सरकारले कृषि सहकारीको स्तर उठाउँने कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभयो ।
त्यसअवसरमा जिल्ला सहकारी संघका अध्यक्ष महेश श्रेष्ठ, कृषि सहकारी संघका अध्यष शनिष लागेजू, आरम्भ कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष उत्तम सापकोटा, संस्थाका सचिव जगन्नाथ डुम्रे लगायतले कृषि सहकारकिो महत्व माथि प्रकाश पाुर्न भएको थियो ।
कार्यक्रममा उतकृष्ठ व्याबसायी बलराम सिबन्जार, ज्ेष्ठ नागरिक आरती थापा, असल बचतकर्ता बिकुलाल मानन्धर, उत्कृष्ठ समूह डोलेश्वर सामाजिक परिवार, असल ऋणी कैले तामाङ्गलाई स्म्मान गरिएको थियो । संस्थाका अध्यक्ष महेश थापाले संस्थाको शेयर पूजीँ रु.५३ लाख २५ हजार ८००, निक्षेप संकलन रु.६५ लाख ८९ हजार ४८, ऋण प्रवाह ६६ लाख ४५ हजार २७१ रहेको बताउनुभयो ।