पद्मकन्या अल्मुनाइमा डिना

0
Shares

काठमाडौ ।
पद्मकन्या बहुमुखी क्याम्पस अल्मुनाई एसोसिएशनमा डिना उपाध्याया (महालक्ष्मी) संयोजक हुनुभएको छ ।
शनिबार क्याम्पसमा आयोजित कार्यक्रमबाट उपाध्यक्षमा रिना उप्रेती, महासचिवमा प्रतिमा गौतम, सचिवमा जमुना केसी र कोषाध्यक्षमा बिनिता अधिकारी रहेको १८ सदस्यीय समिति गठन गरिएको छ । २ वर्षको कार्याकाल रहने गरी गठित समितिका पदाधिकारीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पूर्व सभापतिहरु रहेका छन् । त्यसैगरी सदस्यहरुमा कमला पन्त, टीका चौधरी, गोमा उप्रेती, दीपा शिवाकोटी, तुलसा पन्त, कल्पना कार्की, हरिप्रभा पाण्डे, एन्जिला न्यौपानेलगायतका रहेका छन् ।

कोषाध्यक्ष अधिकारीले स्वतन्त्र विद्यार्थी यूनियनका उपाध्यक्ष, सचिव र सहसचिवहरु कार्यसमितिमा रहेको जनाउनुभयो । अल्मुनाइमा आजीवन र साधारण गरी २ किसिमका सदस्यता वितरण गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा तीजको दरसमेत खुवाइएको थियो । अधिकारीले समाजमा भएका सबैखाले बिकृति र विसंगतिका विरुद्धमा अल्मुनाइले जोडदार रुपमा आवाज उठाउने जानकारी दिनुभयो । त्यसैगरी पद्मकन्या क्याम्पसलाई महिलाहरुको लागि राजनीति र शैक्षिक केन्द्र पनि बनाउने योजना अल्मुनाइको रहेको छ ।