स्वास्थ्य संस्था बाहिर वच्चा जन्माए जन्मदर्ता नहुने

0
Shares

महेश न्यौपाने, रोल्पा ।
रोल्पाको एक वडा कार्यालयले स्वास्थ्य संस्था वाहिर जन्मने वच्चाको जन्म दर्ता नगर्ने भएको छ । रोल्पा नगरपालिका वडा नं.९ ह्वामाले स्वास्थ्य संस्थामा नगई घरमै प्रसुति हुनेहरुको संख्या वढ्दै जान थालेपछि यस्तो निर्णय गरेको हो ।
वर्थिङ सेन्टरको सुविधा सहित स्वास्थ्य संस्थामा प्रसुती सेवा उपलव्ध भए पनि केही आमाहरु स्वास्थ्य संस्था नपुगि घरमै वच्चा जन्माउने गरेका कारण त्यस्तो निर्णय गुर्न परेको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थामै प्रसुती गराउनु पर्छ भन्ने सवै आमाहरुमा प्रचार प्रसार होस भनेर यस्तो निर्णय गरेका हौ वडाध्यक्ष मिमवहादुर घर्तीले भने । जन्मदर्ता जस्तो जन्मसिद्ध अधिकारलाई सधैका लागि रोक्ने कुरा आउदैन, वडावासीलाई स्वास्थ्य संस्थामै प्रसुती गराउनु पर्छ भन्ने छाप वसाल्न यस्तो कदम चालेका हौ वडाध्यक्ष घर्तीले भने ।
विगतमा वडा भित्रका झण्डै पचास प्रतिशत वढी प्रसुती स्वास्थ्य संस्था वाहिरै हुने गरेकोमा यस्तो निर्णयले स्वास्थ्य संस्थामा प्रसुती गराउनेको संख्या वढेको स्थानीय स्वास्थ्य संस्थाले जनाएको छ । वडा कार्यालयको निर्णय पछि गत चैत्र यता ४ जनाले मात्रै स्वास्थ्य संस्था वाहिर वच्चा जन्माएका छन स्वास्थ्यकर्मी सिता विकले भनिन । स्वास्थ्य संस्था वाहिर जन्मिएका ती वालवालिकाको नाम वडा कार्यालयको भित्तामा टाँस गरिएको वताइएको छ । स्वास्थ्य संस्था वाहिर प्रसुती भएको खवर पाउने वित्तिकै त्यसको जानकारी वडा कार्यालयलाई दिने संयन्त्र वनाएका छौ विकले भनिन ।
जिल्लामा अझै पनि ठूलो संख्याका आमाहरु स्वास्थ्य संस्था वाहिर प्रसुती हुने गरेको तथ्यांकले देखाएको छ । सुरक्षित प्रसुतीका लागी भन्दै सरकारले जिल्लामा ६३ वटा वर्थिङ सेन्टर संचालनमा ल्याएको छ । नागरिकको सुविधालाई मध्य नजर गर्दै सकेसम्म कम दुरी रहने गरि स्थापना भएका भनिएका ती वर्थिङ सेन्टरमा प्रसुती गराउने आमाहरुको संख्या भने आधा भन्दा कम छ । अघिल्लो वर्ष गर्भवती भएका मध्ये पचास प्रतिशत आमाले मात्र वर्थिङ सेन्टरमा प्रसुती गराए । आर्थिक वर्ष ०६९÷०७० मा करिव ३४ प्रतिशत आमाहरु प्रसुती सेवा लिन स्वास्थ्य संस्थामा आएकोमा अघिल्लो आर्थिक वर्ष सम्म यो संख्या वढेर ५० प्रतिशत वढि पुगेको भएपनि अझै आधा आमाले स्वास्थ्य संस्था वाहिरै प्रसुती गराउने देखिएको छ ।
विगत ५ वर्षको तथ्यांक हेर्दा प्रसुती सेवा लिने आमाहरुको संख्यामा वृद्धी भएको देखिए पनि यो मात्रा निकै सुस्त देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पा भने स्वास्थ्य संस्थामा आई प्रसुती सेवा लिने आमाहरुको संख्या वढिरहेको दावि गर्छ । वर्थिङ सेन्टर समयमै नवन्नु, भौगोलिक विकटता रहनु र जनशक्ति व्यवस्थापन हुन नसक्दा धेरै आमाहरुलाई प्रसुतीका लागि स्वास्थ्य संस्था सम्म ल्याउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले वताउदै आएको छ ।
त्यसोत नियमित चार पटक गर्भ जाँच गराउने गर्भवती महिलाहरुको संख्या पनि जिल्लामा निकै कम देखिएको छ । ४ महिना, ६ महिना, ८ महिना र ९ महिनामा गर्भवती जाँच गराउनु पर्नेमा पहिलो गर्भ जाँच गराउनेको संख्या अत्यधिक देखिए पनि दोश्रो, तेश्रो र अन्तिम गर्भ जाँच गराउनेको मात्रा घट्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । अघिल्लो वर्ष ९० प्रतिशत गर्भवतीहरुले पहिलो गर्भ जाँच गरे । नियमति रुपमा अन्तिमसम्म गर्भ जाँच गर्ने गर्भवतीको संख्या भने ४० प्रतिशत मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्यांकमा उल्लेख गरिएको छ ।