रुकुम पुर्वमा झांक्री नाचको रौनक

0
Shares

धनवीर दाहाल, रुकुम पुर्व ।
प्राचिन काल देखी नै मानव जातीले झाँक्रीवाद र झारफुकमा बिश्वास गर्दै आएका छन् । रुकुम,रोल्पाको सिमित क्षेत्रमा प्राचिन धर्म संस्कृति संस्कार अझै सम्म जीवित रहेको पाईन्छ । रुकुम पुर्बको पुथा उत्तरगंगा गाउँपालीका १० तकसेरामा नया झाँक्री बनाउँदा ठुलो मेला लाग्दछ । नया झाँक्री बनाउँदा पुराना सबै झाँक्री जम्मा गराएर शास्त्रीय विधी पु¥याएर नाच्ने गर्दछन् । गुरुबाले विधीवत रुपमा कथा सुनाउछ भने अरु शिष्याहरुले लय मिलाएर गाउँछन् । खुल्ला चौर र घरमा दिनभर ९ पटक ओहोर दोहोर गरी नाचे पछि नया झाँक्रीलाई सल्लामा चढाएर बिधि पुर्याइ नया झाँक्री तयार हुन्छ ।


झाँक्रीका भान्जाहरु दिनभर झाँक्रीसँगै खरानी फाल्दै नाच्दछन् । खरानीले हान्दा झगडा र गाली गलौज गर्न पाईदैन् । यसरी खरानीले हान्दा राक्सो तर्र्र्र्सेर जाने र नया झाँक्रीलाई राम्रो हुने जन बिश्वास छ । शास्त्रीय विधी पुरा भए पछि झांक्री नाच्दै घर फर्किन्छन् । रुकुम पुर्वका तकसेरा मात्र होइन अन्य बस्तीमा पनि यस्तो नाच नाच्ने परम्परा छ ।