पाँचलाख बढीको भन्सार छलीको सामान बरामद

0
Shares

यमलाल भुसाल, बुटवल ।
सशस्त्र प्रहरी वल रुपन्देहीले भन्सार छली नेपाल भित्राउदै गरेको ७ सय १५ पिस लेडिज टप्स बरामद गरेको छ ।
गुल्मबाट सहायक प्रहरी निरिक्षक सुरज रिजालको कमाण्डमा खटिएको ९ जनाको मोवाईल टोलीले जिल्ला सिद्धार्थनगरपालिका १ बेलहिया ईलाकामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको भन्सार मुल्य ५ लाख ३ हजार बराबरको लेडिज टप्स ७ सय १५ पिसबरामद गरेको जनाएको छ ।
त्यसैगरी उक्त सामान ढुवानीमा प्रयोग गरीएको लु १ ज १३३८ नम्बरको ट्याक्सी सहितसामान वरामद गरेको गुल्मद्धारा जारी सुचनामा जनाईएको छ ।
सशस्त्र प्रहरी वलले ट्याक्सी चालक जिल्ला रुपन्देही मर्यादापुर ३ बस्ने वर्ष ३८ को महमाद अली जोलाहलाई पनि पक्राउ गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय चलान गरेको जनाएको छ ।