अर्जुन र मलाइका प्रेममा

0
Shares

केही समययता बलिउड नायक अर्जुन कपुर र नायिका मलाइका अरोराबीचको प्रेम सम्बन्धको चर्चा भारतीय मिडियामा भाइरल भइरहेको छ

मिडिया रिपोर्टअनुसार अब मलाइकाले छिट्टै नै आफ्नो सम्बन्धलाई आधिकारिकरूपमा घोषणा गर्न सक्छिन्। हालै उनीहरू एक कार्यक्रममा पनि सँगै देखिएका थिए। अर्जुन आफ्नी बहिनी खुसी कपुर र जान्वी कपुरका साथ लेक्मे फेसन विकमा सहभागी हुन पुगेका थिए। पहिलोपटक जान्वी कपुरले पनि ¥याम्प वाक गरेको उक्त कार्यक्रममा पुगेपछि अर्जुन मलाइका बसेको स्थानतिर गएका थिए। अर्जुन मलाइकासँगैको सिटमा बसेपछि मानिसको ध्यान पनि अर्जुन मलाइकातिर बढी थियो। त्यसपछि उनीहरूको प्रेम चर्चा फेरि शुरू भएको छ।

मलाइकाले २ वर्षअघि सलमान खानका भाइ अरवाजसँग डिभोर्स गरेकी हुन्। उनी अरवाजसँग सम्बन्धमा रहँदा नै उनी र अर्जुनबीच प्रेमको चर्चा शुुरू भएको थियो। जसको कारण सलमान अर्जुनसँग रिसाएको र सलमानकै डरले गर्दा अर्जुन मलाइकासँग खुलेर हिँड्न नसकेको भन्ने समाचार पनि भारतीय मिडियाले उल्लेख गरेका थिए।

हाल पनि सलमान र अर्जुनको बोलचाल छैन। जबकि सलमान अर्जुनका पिता बोनी कपुरसँग भने निकै नजिक छन्। उनीहरूको सम्बन्ध बोनीलाई पनि मन नपरेको कारण उनीहरू सार्वजनिक स्थानमा सँगै हिँड्दैैनथे। मानिसहरू मलाइकाले पूर्वपति अरवाज खानसँग डिभोर्स गर्नुको कारण अर्जुन भएको समेत भन्ने गर्छन्। अब अरवाजले जर्जिया एड्रियानीसँग सम्बन्ध बढाएका छन् भने मलाइका पनि खुलेर अर्जुनलाई प्रेम गर्न चाहन्छिन्। मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् भने उनका १५ वर्षका छोरा छन्।