वालविवाह न्युनिकरण अभियानमा ‘वाल क्लव’

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङस्थित गाउँपालिका स्तरीय ‘रावावेंसी वाल क्लव’ वालविवाह न्युनिकरण गर्ने अभियानमा सक्रिय वनेका छन् । रावावेंसी गाउपालिकामा गठित उक्त वाल क्लव सडक नाटक, चित्रकला, बक्तृत्वकला लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै वालविवाह न्युनिकरण अभियानमा सक्रिय वनेका हुन् ।


रावावेंसी वाल क्लवले रावावेंसी गाउँपालिका तथा जिल्लाभर हुने वालविवाह रोक्ने उदेश्यले वडा–वडामा विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । ६ वटा वडा रहेको गाउँपालिकाको वडा स्तर अर्थात विद्यालय स्तरमा समेत वाल क्लवहरु गठन गरिएको अध्यक्ष सुवास अधिकारीले वताउनुभयो । वडामा गठन गरिएको विद्यालय स्तरको वाल क्लवहरुसँगको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरी वाल विवाह न्यूनिकरण गर्ने अभियान जारी राखेको अध्यक्ष अधिकारीको भनाई छ ।
.सडक नाटक, चित्रकला, वक्तृत्वकला आदिको माध्यमवाट वालविवाहका कारण स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा पर्ने प्रभाव, वालविवाह गराउँदा तथा गर्दा भोग्नुपर्ने कानुनी सजाय आदिको वारेमा सचेतनामुलक जानकारी गराउने गरेको वताईएको छ ।


समाजमा वालविवाह न्युनिकरण गर्ने अभियानमा जुटेको उक्त वाल क्लवलाई विभिन्न कार्यक्रम सञ्चालन गर्न गाउँपालिका तथा गैरसरकारी संस्थाले समेत सहयोग गरेको छ । वालविवाह न्युनिकरण गरी स्वस्थ, सभ्य, शिक्षित तथा समृद्द समाज निर्माणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न रावावेंसी गाउँपालिकाले पाँच लाख रुपैंयाँ वजेट विनियोजन गरेको छ । फरेन नेपालको सहजीकरणमा एक बर्ष अगाडी गठित उक्त वाल क्लवलाई विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नका लागि हलेसी विकास मञ्च खोटाङले समेत सहयोग गरिरहेको छ । मञ्चले वातावरणीय कृषि तथा विकास केन्द्र (केड)सँगको सहकार्यमा जिल्लामा सञ्चालन गरिरहेको महिला प्रजनन् अधिकार कार्यक्रम अन्र्तगत वाल क्लवलाई आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको सोही कार्यक्रमको संयोजक विरेन्द्र मगरले बताउनुभयो ।


वालवालिकाहरु सम्मिलित क्लवले वालवालिकाकै हक, हीत तथा अधिकार सम्वन्धी कार्यक्रमहरु सञ्चालन गर्दा प्रभावकारी वनेको स्थानीय वाताउँछन् । वालवालिकाहरुले प्रस्तुत गर्ने गरेका वालविवाह न्युनिकरण सम्वन्धी सचेतनामूलक कार्यक्रमहरुले स्वयम वालवालिका तथा अभिभावकहरुलाई त्यसको नकरात्मक प्रभाववारे जानकारी हुनका साथै वालविवाह रोक्नमा प्रतिबद्द बनेको कार्यक्रम संयोजक मगरको भनाई छ ।
पछिल्लो समय जिल्लामा वाल विवाह गर्ने क्रम घट्दो रहेको पाईएको छ । सम्वन्धित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, अधिकारकर्मी, स्वास्थ्य संस्थाहरु, राजनीतिज्ञ, पत्रकार, विद्यालय तथा वाल क्लव लगायतले वाल विवाह न्युनिकरणका लागि सक्रियता देखाएपछि वाल विवाह न्युन वनेको सरोकारवालाहरु वताउँछन् ।