प्यारालाइसिस भएका मण्डनदेउपुरका शिक्षक दाहाललाई उपचारका लागि आर्थिक अभाव

14
Shares

सहयोगका लागि परिवारको अनुरोध

ज्ञानमणि नेपाल, काभ्रे ।
झापा जिल्ला स्थायी घर भएर विगत २ दशक देखि काभ्रेको मण्डनदेउपुर नगरपालिका स्थित कुन्तावेसीलाई कार्यथलो बनाइ त्यसभेगमा शिक्षाको ज्योति छर्न सक्रिय युवा शिक्षक भुपाल दाहाललाई प्यारालाइसिस भएपछि हाल राजधानीको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । उहाँको उपचारका लागि निकै ठूलो खर्च आवश्यक पर्ने अस्पतालले जनाए पछि उपचारमा आर्थिक अभाव भएको छ ।


उहाँलाई ०६६ साल पुसमा ब्रेन ट्युमर भएको थियो । त्यतिबेला पनि ब्रेन ट्युमरको शल्यक्रियाका लागि भारतमा उपचार गर्न र अन्य औषधिका लागि समेत करिव ३० लाख रुपैयाँ खर्च भएको थियो । नियमित रुपमै औषधि सेवन पछि पुनः शिक्षण पेशामै सक्रिय रहेर पछिल्लो पटक उहाँ कुन्तावेसी स्थित श्री न्यु लिटिल स्टार इंगलिस स्कुलका प्रिन्सिपल र काभ्रे जिल्ला प्याब्सनको जिल्ला सदस्यको रुपमा कार्यरत रहनु भएको थियो ।


उहाँलाई हाल प्यारालाइसिस भएको छ । एकपछि अर्को जटिल रोगको आक्रमणले उपचार गर्दा गर्दै परिवारको आर्थिक अवस्था कमजोर भए पछि उपचारका लागि दाताहरुको सहयोगमै भर पर्नुको कुनै विकल्प रहेन । त्यसैले उहाँको उपचारका लागि सहयोग गर्न परिवारले सबैलाई अनुरोध गरेको छ । उहाँलाई सहयोग गर्न चाहनु हुनेले श्री मण्डनदेउपुर बचत तथा ऋण सहकारी संस्था लि.को , देव बिकास बैंक पाँचखाल शाखाको खाता नं ३०११०६२१०००५२८ जनता बैंक कुन्तावेसि, शाखाको खाता नं ०६२००२०२७००३८०१ संपर्क नं. ०११–४१२००३ (कार्यालय) , ९८५११०३६६७ (अध्यक्ष कृष्णकुमार श्रेष्ठ) वा भुपाल दाहालकी श्रीमती बेदमायाँ लुइटेलको देव बिकास बैंकको खाता नं. १०११०६९३०००२०२ (सम्पर्क नं. ९८६०७०८४८१० मा रकम जम्मा गर्न सक्नु हुनेछ ।