बजेटका बिषयमा जनप्रतिनिधिबीच नै बोलचाल बन्द

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा जिल्लामा आर्थिक लेनदेनका बिषयमा जनप्रतिनिधिबीचमै असंतुष्टी देखिएको छ। जिल्लाको पकाहामैनपुर गाउँपलिकामा व्यापक अनियमितता भएको भन्दै जनप्रतिनिधिहरु पत्रकार सम्मेलनमा उत्रिएपछि यस्तो विवाद सतहमा आएको हो । गाउँपालिकको उपाध्यक्ष कुमुमीदेवि, कार्यपालिका सदस्य विनोद सहनी, जाल महम्मद मियाँ लगायत केही जनप्रतिनिधि र राजनीतिक अगुवाहरुले वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर गाउँपालिकामा अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग गरेका छन् ।

जनप्रतिनिधिहरुले आर्थिक वर्ष ०७३र७४ र ०७४र७५ मा नेपाल सरकारबाट आएको अनुदान रकम नियम विपरीत कमिशनको भरमा विकासे योजनाहरु चलाएको, गाउँपालिकाको रकममा गाउँपालिका अध्यक्ष विजय चौरसिया र प्रमुख प्रशासकीय अधिकृत हिरा भुसालले व्यापक हिनामिना गरेको दावी गरे ।उनीहरुले नेपाल सरकारले आर्थिक वर्ष ०७३र७४ मा पठाएको १ करोड ९ लाख रकममध्ये कम्प्युटर र फर्निचर शीर्षक तथा सफ्टवेयर शीर्षकमा मात्रै ४९ लाख खर्च गरेर बाँकी रकम हिनामिना गरेको आरोप उनीहरुले लगाएका छन् ।आफूहरुले गाउँ प्रमुख चौरसिया र प्रमुख प्रशासकीय अधिकृत भुषालसँग गाउँपालिकाको हिसाब किताब माग गर्दासमेत नदिएर आलटाल गर्दै आएको उनीहरुको भनाइ छ ।

आर्थिक वर्ष ०७३र७४ मा कार्यालय व्यवस्थापनका लागि एक करोड भन्दा बढी रकम नेपाल सरकारले पठाएकोमा प्रत्येक वडामा १ सेट कम्प्युटर र फर्निचर खरिद गरी बाँकी रकम अनियमितता गरेकोले छानबिन गरिनुपर्ने, आर्थिक वर्ष ०७४र७५ मा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत १३ लाख, कृषिमा ५२ लाख, सडक निर्माणमा गोप्य टेन्डर गरी खर्च गरेको ४५ लाख, वाईफाई जडानको नाममा छुट्याइएको ३५ लाख मध्ये २५ लाख निकासा गरी खर्च गरेको बारेमा पनि छानवीन हुनुपर्ने, शहीद शत्रुधन पटेलको नाममा चुनाव जितेपनि हालसम्म शालिक अनावरण नगरेकोले तुरुन्त अनावरण गरिनुपर्ने, आर्थिक वर्ष ०७४र७५ को आयव्यय विवरण सार्वजनिक गरी परिषद गर्नुपर्ने, तथा ०७५र७६ को परिषद खारेज गरी सार्वजनिक रुपमा पारदर्शी परिषद हुनुपर्ने माग उनीहरुले राखेका छन् ।

तर, गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले आफूले एक रुपैयाँ कमिशन नलिएको बताउँदै केही विरोधीहरुले आफ्नो राजनीतिक वर्चश्व जोगाउन विभिन्न आरोप लगाएको जिकिर गरे । सोही गाउँपालिकाका कर्मचारीहरुका अनुसार र अध्यक्ष र उपाध्यक्षकाबीचमा बोलचाल नभएको निकै महिना भएको छ । उनीहरुबीच बजेटकै बिषयमा विवाद भएको हो ।