अनाथ बालबालिकाहरुका लागि खाता सञ्चालन

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानको बागचौर नगरपालीका वडा नम्बर ४ सेतोगुरासमा घर भत्कीदा बाबु आमा गुमाएका अनाथ बालिकाहरुको लागि खाता सन्चालन गरिएको छ ।
त्यस दुखद घटनामा परि परिवार गुमाएका तीन बालबालिकालाई आर्थिक संकलन गर्न बैंकमा खाता खोलिएको हो । उनिहरुको हजुरबुवा देबिराम कामी संरक्षण रहने गरी मुक्तिनाथ बिकास बैंक बागचौरमा खाता सन्चालन गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनु भयो । सुनौलो बाल बचत खोलिएका खातामा अनाथ बालीकाहरुलाई सहयोग गर्न चाहाने ब्यक्ति तथा सस्थाले खाता नम्बर ०४३२०७००२९३२६००००००१ मा जम्मा गरि सहयोग गर्न सकिने प्रजिअ ढकालले बताउनु भयो ।

केही दिन अघि कर्णाली सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक पुर्वाधार मन्त्री खड्ग बहादुर खत्रीले पिडित परिवारलाई प्रति मृतक ३० हजारका दरले १ लाख ५० हजार राहत हस्तान्तरण गरेका थिए . कर्णाली सरकारको तर्फ बाट प्राप्त रकम पनि सो बालबालिकाको नाममा बैंकमा जम्मा गरि सकेको प्रजिअ ढकालले बताउनु भयो । पीडित बालिका हरुलाई सहयोग स्वरुप अन्य सहयोगी दाताहरुले पनि राहत रकम जम्मा गर्न चाहेमा सो बैंकको खातामा जम्मा गर्न सकिने उहाँले बताउनु भएको छ ।

गत भदौ १२ गते बागचौर नगरपालीका वडा नम्बर ४ स्थीत राम बहादुर कामीको टिनले छाएको दुईतले कच्चीे घरको दलिन बाचिदा एकै घरका बाबु आमा सहित ५ जनाएको ज्यान गएको थियो । राति ९ बजेतिर दलिन बाचिई घरको पर्खाल भत्कीदा बर्ष ४० का रामसिङ कामी, उहाँकी श्रीमति रामकली कामी, छोरीहरु बर्ष ७ कि गंगा बिक, ६ की प्रमिला बिक र ४ बर्ष छोरा रुपलाल बिकको मृत्यु भएको थियो ।
सोही घटनामा बाच्न सफल भएका मृतकका छोरीहरु कमला बिक, सुनिता बिक र पुतला बिकको नाममा खाता सन्चालन गरिएको प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले बताउनु भयो ।