मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक अभियान

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १२औं राष्ट्रिय दिवसको अवसरमा मानव अधिकारको क्षेत्रमा कार्यरत के.आई. नेपालले कपिलवस्तुमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
मानव बेचबिखन तथा लैङ्गिक हिंसा बिरुद्धको अभियानमा क्रियाशिल के.आई. नेपालले दिवसको अवसर पारी मानव बेचबिखन नियन्त्रणका लागि विविध सचेतनामूलक कार्यक्रम गरेको हो । के.आई.ले नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा रामगोरखा मावि बहादुरगञ्जले प्रथम पुरस्कार हात पार्न सफल भयो ।


साताव्यापी अभियानको क्रममा केआईले कृष्णनगरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना ¥याली सम्पन्न गरेको जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिनुभयो । ¥यालीमा नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लायन्स क्लब, शान्ति पुनस्र्थापना गृह, अग्रहरी युवा मन्च, दियालो नेपाल लगाएका संघ संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो ।


अभियानकै सन्दर्भमा केआई नेपालले सामुदायिक कार्यक्रम अन्तर्गत बुद्धभूमि नगरपालिका–१, टिक्करमा बेचविखन तथा ओसारपसार विरुद्ध जनचेतनामूलक तीज गीत प्रतियोगिता सम्पन्न भएको संयोजक विश्वकर्माले बताउनुभयो । तीजगीत प्रतियोगितामा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशब श्रेष्ठ लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको बताइएको छ ।


मानव बेचविखनमा कमी ल्याउन तथा अभियानलाई सफल बनाउन संस्थाले हस्ताक्षर संकलन समेत गरेको छ । हस्ताक्षर संकलन अभियानमा नेपाल तथा भारतका विभिन्न निकायका प्रतिनिधिहरुले हस्ताक्षर गरी मानव बेचबिखन नियन्त्रणमा सधैं सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा भारतको तर्फबाट भारतीय प्रहरी, भारतीय एस.एस.बी, भारतीय सरोकारवाला निकायका प्रतिनिधिहरुले ब्यानरमा हस्ताक्षर गरेको केआई नेपालका जिल्ला संयोजक केसर विश्वकर्माले बताउनुभयो ।