शान्ती पत्रकारिता पुरस्कारबाट पत्रकार राज बहादुर सम्मानित

0
Shares

पोखरा ।

गण्डकी प्रदेश स्तरिय शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार राज बहादुर गुरुङ सम्मानित भएका छन । बिगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भई समाज परिबर्तनको लागि महत्वपूर्ण भुमिका पुर्‍याएको भन्दै गुरुङलाई नेपाल प्रेस युनियन कास्की द्वारा सञ्चालित यस बर्षको शान्ति पत्रकारिता पुरस्कार गुरुङलाई प्रदान गरिएको हो ।
बिगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भई समाज परिबर्तनको लागि महत्वपूर्ण भुमिका पुर्‍याएको भन्दै गुरुङलाई उक्त पुरस्कार बिहिबार एक कार्यक्रमका बिच अर्पण गरिएको हो ।
पूर्ण प्रसाद बराल मायादेबी बराल प्रतिष्ठानद्धारा स्थापित शान्ति पत्रकारिता पुरस्कार बिहिबार प्रदान गरिएको हो ।
नेपाल प्रेस युनियन कास्कीद्धारा आयोजित उक्त पुरस्कार पत्रकार गुरुङलाई नगद २५ हजार ५ सय ५५ रुपैया , प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
उक्त पुरस्कार १५ वर्ष देखि पत्रकारिता क्षेत्रमा लागेका पत्रकारलाइ प्रदान गर्दै आइर्हेको छ । गुरुङलाई सम्मान गर्दै स्वामीले पुरस्कार योग्य ब्यक्तिलाई अर्पण गरेकाले स्थापना गर्ने प्रतिष्ठानको गरिमा बढेको बताए । पत्रकारलाई दिईने सम्मान तथा पुरस्कारले सत्य तथ्य र निष्पक्ष समाचार संम्प्रेषण गर्न प्रेरित गर्ने बताउदै आगामी दिनमा पत्रकारिताको कलम सत्य, निष्पक्ष र सन्तुलनको सहित न्यायिक पक्षमा चलाउन समेत आग्रह गरे ।

स्वामीले पत्रकारिता क्षेत्रमा जस्तो सुकै जोखिम मोलेर भएपनि सत्य तथा निष्पक्ष सुचना आम जनतामाझ पुर्‍याउने जस्तो महान कार्य अरु हुन नसक्ने औल्याय।
स्वामीले समयको महत्वलाई मध्यनजर गर्न सकेको खण्डमा जो कोही ब्यक्ति सफल हुन सक्ने बताए । ूचाहे पत्रकारिता क्षेत्र होस्, चाहे राजनैतिक क्षेत्रू उनले भने “समयको गतिलाई पछ्याउन सक्ने हो भने सफलता आफै नजिकिन्छ ।”
उनले आयुर्बेद्यिक पद्धतिबाट पुरस्कृत पत्रकार गुरुङलाई आजैबाट उपचार गरेर निको पार्ने प्रतिबद्धता समेत जनाएका थिए ।

कार्यक्रममा पत्रकार महासँघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार सरस्वती गुरुङ, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य रिसिकान्त पौडेल लयायतले बोलेका थिए ।
सम्मानित हुँदै गुरुङले शान्ती पत्रकारिता पुरस्कारले आफुलाइ पत्रकारितामा थप हौसला मिलेको बताए । समाजको ऎना को रुपमा रहेर काम गर्ने पत्रकारले सत्य तथ्य र निश्वार्थ भावनामा कलम चलाउनुपर्ने बताए । पुरस्कार व्यक्तीको लागि नभइ कामको लागि पाएको बताए ।
युनाईटेड खबर डटकमका प्रधान सम्पादक समेत रहेका पुरस्कृत पत्रकार गुरुङ यस अघि तमु पत्रकारिता पुरस्कार, कर्मकर्ण पत्रकारिता पुरस्कार लगायत अन्य पुरस्कारहरु बाट समेत सम्मानित भएका छन ।