९ जुवाडे पन्ध्र हजार धरौटीमा छुटे

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको सदरमुकाम कुस्माबजारमा जुवाखालबाट पक्राउ परेका ९ जना जुवाडे धरौटीमा छुटेका छन ।
कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङ्गचोक स्थित लेस्पार होटलबाट नियन्त्रणमा लिएका जुवाडेलाई जिल्ला प्रशासन कार्यालय पर्वतले जनही १५ हजार धरौटीमा रिहा गरेको हो ।

धरौटीमा रिहा हुनेमा मोदी गाउँपालिका वडा नं ४ का ३४ बर्षिय बिकास पुन, ३७ बर्षिय मेखबहादुर पुन, २९ बर्षिय हरि पुन, ५९ बर्षिय बलबहादुर पुन, ४६ बर्षिय अम्बे पुन, कुस्मा नगरपालिका वडा नं ७ का महेन्द्र पुन, कुस्मा नगरपालिका वडा नं ४ का ४५ बर्षिय ओम पुन ,जलजला गाउँपालिका वडा नं ६ का ४१ बर्षिय मिनबहादुर चोचाङ्गी र जलजला ६ कै मिनबहादुर पुन रहेका छन । पक्राउ परेकाहरुको साथबाट तथा जुवाखालबाट गरि २७ हजार ६ सय ८० रुपैया समेत बरामद गरिएको थियो ।

उनीहरुलाई भदौ १७ गते आइतबार दिउँसो छापा मारेर जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पछि मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत उपदफा १ बमोजिमको कार्य गरेको भनि मुद्दा दर्ता गरिएको थियो ।