कृषि तथा पशुपालनका लागि माई नपाबाट प्रोत्साहान रकम प्रदान

0
Shares

गणेश घिमिरे, इलाम ।
ब्यबसायिक र सामुहिक कृषि तथा पशुपालनका लागि इलामको दक्षिणि माई नगरपालिकाले प्रोत्साहान रकम प्रदान शुरु गरेको छ । ८० प्रतिशत जनसंख्या कृषि र पशुपालनमा रहेका माई नगरपालिमा स्थानीय सरकारले आफ्नो ६० प्रतिशत लगानी समेत गरेको हो ।

तराईका बजारमा मासु र दूधको माग बढ्दै गएपछि दक्षिणि इलामका सहरकारी संस्थाले सामुहीक रुपमा पशुपालन शुरु गरेका छन् । मासु र दूधको माग बढेसँगै दक्षिणि माई नगरपालिका क्षेत्रका सहकारी संस्थाले माछा, राँगा, बंगुर र दूधालु गाईको सामुहिक पालन थालेका हुन् । ६५ प्रतिशत घना जंगल रहेको क्षेत्र नगरपालिकामा स्थानीय तहले प्रोत्साहान रकम दिन थालेपछि सहकारी संस्थाले कृषि र पशुपालनमा लगानीमा बढाएका हुन् । पहिलो चरणमा दानाबारी कृषि सहकारी संस्थासँग सहकार्य गरि व्यवसायीक राँगापालन र माछापालन शुरु गरेको छ । नगरपालिकाको ६० प्रतिशत र सहकारी संस्थाको ४० प्रतिशत लगानीमा सामुहिक पशुपालन तथा माछापालन शुरु गरेको सहकारीका अध्यक्ष तुलबहादूर तामाङ्गले बताए ।

आर्थिक वर्ष २०७४/०७५ मा माई नगरपालिकाले २२ लाख र सहकारी संस्थाले १५ लाख गरि ३७ लाखको लगानीमा सामुहिक कृषि तथा पशुपालन शुरु गरेको हो । वडा नम्बर ३ को मुसेटार थापाडाँडामा रहेको २० रोपनी क्षेत्रफलमा गोठ बनाई २६ वटा राँगा र ५० केजी माछाका भुरा लगाएर सामुहिक पशुपालन गरेको पनि अध्यक्ष तामाङको भनाई छ । निर्वाहामुखि कृषि प्रणालिको अत्य गर्न स्थानीय तहले समूहिक व्यवसाय गर्न सहकारी तथा समुहलाई ६० प्रतिशत प्रोत्साहान रकम दिन थालेपछि सहकारी संस्थाले सामुहिक पशुपालन र कृषि खेतीमा लगानी शुरु गरेको नगरपालिकाका मेयर दिपककुमार थेबेले बताए ।

पूर्वी तराईका विर्तामोड, दमक, इटहरी, धरान र विराटनगरबाट बढ्दो दूध र मासूमा माग पुरा गर्न स्थानीय सरकार बनेसँगै माइ नगरपालिकाले पुशुपालन क्षेत्रमा बार्षिक २ करोड लगानी गर्दै आएको नगरपालिकाले जनाएको छ ।