स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

0
Shares

बाँके ।
नेपालगंज उपमहानगरपालिका–२१ स्थित सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका दैलेख ठाँटीकाध गाउँपालिका–३ बस्ने २४ वर्षीय प्रेम सिजापती, २१ वर्षीय देबेन्द्र सिजापती र राजबहादुर खत्रीलाई स्रोत नखुलेको भारतीय रुपैयाँ २ हजार दरका १ सय ४४ थान, ५ सय दरका २० थान र २ सय दरका १ सय थान गरी ३ लाख १८ हजार रुपैयाँ सहित हिजो बिहीबार पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग पुल्चोक ललितपुर पठाइएको छ ।