अपहरण गरेको अभियोगमा पक्राउ

0
Shares

काभ्रे ।
लेनदेनको बिषय लिएर व्यक्ति अपरहण गरेको अभियोगमा बनेपा नगरपालिका–१ बस्ने २३ वर्षीय दिपक भुजेल सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले बिहीबार सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ बस्ने ४७ वर्षीय बिष्णु कटुवाललाई भक्तपुरको सल्लाघारीबाट जवरजस्ती अपहरण गरी नालाको बाटोहुँदै काभ्रेतर्फ लिएर गएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले धुलिखेल नगरपालिका–५ चौकोटबाट बा।५च ८७३५ नम्बरको कार, बा।७८ प ५०५ नम्वरको मोटरसाइकल र बा।३४प ५०० नम्बरको स्कुटर सहित उनीहरुलाई पक्राउ गर्नुका साथै कटुवाललाई सकुशल उद्धार गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।