जन्तेढुंगा गाउँपालिकाको सवै बालबालिका विद्यालयमा

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङस्थित जन्तेढुंगा गाउँपालिकामा रहेका विद्यालय उमेर समुहका सवै वालवालिका विद्यालय वाहिर नरहेको पाईएको छ । पालिकामा रहेका ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाका ६ वटै वडालाई विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर नरहेको वडा घोषणा गरिसकेपछि गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको गाउँपालिका घोषणा गरिएको हो । विद्यालय बाहिर रहेका ५ वर्षदेखि ७ वर्ष उमेरका ११ बालबालिकालाई पनि बिद्यालयमा भर्ना गरेपछि गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको श्रोतव्यक्ती नारायणप्रसाद पाण्डेले बताउनुभयो ।

जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा ५ देखि १२ वर्ष उमेरका ७ जना र जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा ४ जना बालबालिका बिद्यालय बाहिर रहेको भेटिएको थियो । गाउँपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको निश्चित गर्नका लागि सो उमेरका बालबच्चालाई बिद्यालयमा नपठाए वडाको सेवा सुविधाबाट बञ्चित गराउने नियम बनाइएको थियो ।