चाडवाडलाई लक्षित गर्दै सबै प्रदेशमा सहुलियत पसल

0
Shares

हेमन्त जोशी, काठमाडौं
नेपाल खाद्य संस्थानले दशंै, तिहार र छठ लगायत चाडवाडलाई लक्षित गर्दै सबै प्रदेशमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । अघिल्ला वर्षमा उपत्यकामा मात्र सञ्चालन हुँदै आएका सुपथ मँल्य पसल र घुम्ती पसल यसवर्ष सबै प्रदेशमा सञ्चालनमा ल्याउने गरी खाद्य संस्थानले तयारी गरेको हो ।

उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार गत वर्ष उपत्यकाका सात स्थानमा र उपत्यका बाहिरका चारवटा जिल्ला सुर्खेत, रुकुम, खोटाङ र कैलालीमा यस्ता पसलहरु सञ्चालनमा ल्याइएको थियो ।

यस वर्षका लागि भने प्रदेशगत रुपमा यस्ता पसल सञ्चालनमा ल्याउने गरी मन्त्रालयले प्रस्ताव गरेको छ । ‘हामीले पठाएको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि सहुलियत पसल सञ्चालन हुने स्थान, सहुलियत दिइने वस्तु तथा मँल्यका विषयमा टुंगो लाग्छ ।’ नेपाल समाचारपत्रसँग कुरा गर्दै ढकालले भन्नुभयो ।

उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालयले उपभोक्तालाई खाद्य सामग्रीमा सहुलियतका लागि खाद्य संस्थानलाई २ करोड रुपियाँ छुट्याएको छ । गत वर्ष मन्त्रालयले खाद्य संस्थानलाई ६० लाख र साल्ट ट्रेडिङलाई १ करोड ८० लाख रुपियाँ छुट्याएको थियो ।

यसरी सञ्चालनमा ल्याईने सहुलियत पसललाई वर्षभरी नै सञ्चालनमा ल्याउन पनि संस्थानले आन्तरिक तयारी गरिरहेको छ ।
संस्थानका सुचना अधिकारी शंकर सापकोटाले हरेक वर्षजस्तै यसवर्ष पनि दाल,चामल, पीठो, तेल, चिनीलगायत खाद्य वस्तु र दँध, दही, घ्यँ, पनीरजस्ता दुग्धजन्य वस्तुमा सहुलियत पसल सञ्लालनमा ल्याई उपभोक्तालाई सस्तो मँल्यमा उपलब्ध गराईने बताउनुभयो ।

यसवर्ष एक हजार खसी–बोका र सोही संख्यामा च्यांग्रा उपत्यकामा ल्याउने गरी प्रस्ताव तयार गरेर संस्थानले मन्त्रालयलाई पठाइएको सापकोटाले बताउनुभयो । गतवर्ष दशै, तिहारलगायत चाडबाड चाँडै परेको कारण उपत्यकाका विभिन्न ठाउँमा भदौ १६ गतेबाट सहुलियत पसल सञ्चालनमा ल्याइएको थियो ।

चाडबाड कार्तिकपछि मात्रै शुरु हुने भएका कारणले पनि यसवर्ष ढिलो सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । संस्थानले साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसँग समन्वय गरेर यस्ता पसल सञ्चालनमा ल्याउँदै आएको छ । चाडवाडको समयमा निजी क्षेत्रको एकाधिकार र खाद्य वस्तुमा मँल्य नियन्त्रण गर्न संस्थानले हरेक वर्ष यस्ता सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।

सापकोटाका अनुसार खाद्य सामग्री, मासुजन्य वस्तु र दुग्धजन्य वस्तुमा निजी क्षेत्रको एकाधिकार तोड्न र बजार नियन्त्रण गर्न यस्ता पसल सञ्चालन गरिन लागिएको हो ।

त्यसैगरी संस्थानले १ हजार च्यांग्रा मुस्ताङबाट र १ हजार खसी–बोका पश्चिम नेपालका विभिन्न जिल्ला खरिद गरी २५ सय चौपाया उपत्यका भित्राउने जनाएको छ । संस्थानले मँल्य तोकेपछि मात्र निजी व्यवसायीले सोही अनुसार च्याँग्रा र खसीबोकाको मँल्य तोक्ने गरेका छन । संस्थानले २०१९ सालदेखि तिव्बतबाट दशैं–तिहारलगायत चाडबाडका लागि भन्दै भेडाच्यांग्रा आयात गरी खुलारुपमा सर्वसाधारणलाई उपलब्ध गराउँदै आएको छ ।