वालुवा निकाल्नेको लर्काे हेर्दा मेला लागेको भान, बाटो हिँड्ने वटुवा चकित

0
Shares

शलिकराम चालिसे, नुवाकोट ।
नुवाकोट र धादिङको सिमाना भएर बग्ने कोल्पु खोलामा वालुवा झिक्नेको भिँड देख्दा जो कोहीलाई पनि त्यहाँ जात्रा लागेको भान हुन्छ । कारण त्यहाँ सयौ व्यत्तिहरु दैनिक हाते मेसिनले वालुवा झिकेर ट्रिफरमा भर्दै गरेका हुन्छन ।


नुवाकोटको महादेवफाट, रातमाटे र कोल्पुटार खोला किनारमा विभिन्न स्थानमा धार्मिक मेला महत्वपूर्ण उत्सवको जस्तो झल्को दिने गरी समूहसमूहमा विभाजित भई मजदुरहरूले हाते मेसिनबाट दैनिक ५० ट्रिफर बालुवा निकालिरहेको खोटाङबाट मजदुरी गर्न आएका नमराज तामाङले बताए । विभिन्न समुह बनाएर वालुवा बोक्नेहरुबिच कसले पहिला गाडी भर्ने भन्ने होडबाजी नै चलेको छ । दैनिक वालुवा निकालेवापत १५ सय रुपैयाँ आम्दानी हुने अर्काे मजदुर प्रेम तामाङले बताए । खोलामा केही जोखिम भएपनि राम्रो आम्दानी भएकोले आफुहरु वालुवा संकलन गर्न खोटाङबाट आएको अर्काे मजदुर दिनेश लामाले बताए ।


धादिङ र नुवाकोट जिल्लाको सिमाना भएर बग्ने कोल्पु खोलाको किनारमा अहिले बालुवा निकाल्नेको होडबाजी चलेको छ । कोल्पुटार सहित रामाटे,माहादेववेशी लगायत खोलामा अहिले सयौँको संख्यामा स्थानीय तथा बाहिरी मजदुरले बालुवा निकालिरहेका छन् । जिल्ला समन्वय समिति र प्रदेश सरकारले वर्षाको समयमा वालुवा उत्खनन गर्न स्काभेटर प्रयोग गर्न नपाइने बताएपछि त्यसलाई र्कार्यान्यन गर्न नुवाकोट प्रहरी समेत लागि परेको छ । खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखानलाई वालुवा तरस्कर गर्न पल्केकाहरुले श्रमिक लगाई हाते औजारमार्फत वालुवा उत्खनन गराई श्रमिकहरुलाई उचित ज्याला नदिएर भएपनि वालुवा किनबेच गरिरहेका छन ।
कोल्पुबाट दैनिक करिव ५०÷५५ टिफर वालुवा झिकिने गरेको एक मजदुरले त्रिशुली प्रवाह साप्ताहिकलाई बताए । मजदुर लगाएर उत्खनन गरेको वालुवा वाहिर गएर भएपनि स्थानिय तहले निकासी करबाट मालामाल भइरहेको छन । कोल्पुटार खोलाबाट निकालिएको वालुवाबाट नै धादिङको गल्छी गाउँपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाले महादेवफाट, रातमाटे र कोल्पुटारबाट निकासिलएको वालुवाबाट दैनिक ८ देखि १० लाख रुपैयाँ संकलन गरिरहेको कर्मचारी बताउँछन । दहालका अनुसार जिल्लाबाट वालुवा लिएर जाने गाडीहरुको संख्या सरदर २ सय भन्दा बढी रहेको छ ।


नुवाकोट र रसुवाकोट बौर्डर कोल्पुटारमा बेलकोटगढी नगरपालिकाले निकासी कर संकलन केन्द्र मार्फत ढुङ्गा, गिट्टी, वालुवाबाट दैनिक १० लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गर्ने गरेको वेलकोटगढी नगरपालिकाका कर्मचारी राजकुमार दहालले बताए । दाहालले बेलकोटगढी नगरपालिकाले वालुवाको जिल्ला वाहिर विक्रीको लागि प्रतिसेफ्टी ८ रुपैयाँ लगाएको र निकासी कर ९ रुपैयाँ लगाएको बताए ।


नुवाकोटमा कामदार अभाव भएको भन्दै अहिले खोलाहरुमा वालुवा झिक्न वाहिर जिल्लाबाट कामदार आएका छन । विशेष गरी खोटाङ, मकवानपुर, रोल्पा, पाल्पा लगायतका मजदुरहरु खोलामा भेटिने गरेका छन । उनीहरु वालुवा झिक्नैको लागि आफुहरु नुवाकोट आएको बताउँछन । गत वर्षमा जबरजस्ती रूपमा जेसीभी, एक्साभेटरलगायतका मेसिन प्रयोग गरी बालुवा निकालिँदै आएकोमा धादिङ र नुवाकोट प्रशासनले मेसिनरी औजार प्रयोग गरी बालुवा निकाल्न प्रतिबन्ध लगाएपछि हाते औजार प्रयोग गरी मजदुरले बालुवा निकाल्ने गरेका छन् । खोलाबाट वालुवा निकाल्न जोखिम भएपनि आफुहरुले उचित ज्याला नपाउने गरेको मजदुर कृष्ण थापा बताउँछन । पानी परेसँग खोलाले वालुवा बगाएर ल्याउने हुँदा पानी पर्दा बढी आम्दानी हुने कामदारले बताएका छन ।