अवैध लागूऔषधसहित एक पुरुष, एक महिना पक्राउ

0
Shares

काठमाडौं ।
अवैध लागूऔषध चरेश १ किलो ५ सय ग्राम सहित काठमाडौंबाट १ जना पुरुषलाई र लागूऔषध ब्राउन सुगर तथा चरेश जस्तो देखिने बस्तु सहित कैलालीबाट १ जना महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
मकवानपुर थाहा नगरपालिका(११ घर भएका बा।७८ प ५४५ नम्बरको मोटरसाइकलमा सवार २७ वर्षीय रमेश स्याङ्ताङलाई काठमाडौं महानगरपालिका(१७ ढल्कुबाट अवैध लागूऔषध चरेश १ किलो ५ सय ग्राम र नगद ५ सय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी कैलाली लम्टी चुवा नगरपालिका १ लम्टी टिकापुरबाट सोही ठाउँ बस्ने ६८ वर्षीया जलधारा देबी शाहलाई फलफुलको ठेलाको डिब्बामा लुकाई छिपाई राखेको अवैध लागूऔषध चरेस जस्तो देखिने ससाना टुक्रामा रहेको ५५ थान र ब्राउन सुगर जस्तो देखिने प्लाष्टिकमा बेरेको स–साना पोकामा रहेको १९ थान सहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा अनुसन्धान भईरहेको छ ।