बलात्कार गर्ने चारजनालाइ कारागार पठाइयो

0
Shares

भद्रपुर ।
बलात्कार गरेको अभियोगमा पक्राउ परेका चारजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने एक नावालकलाई सुधारगृह पठाइएको छ ।
झापाको अर्जुनधाराकी एक बालिकालाइ बलात्कारको आरोप लागेका अर्जुधारा ११ का ६८ वर्षीय मानबहादुर बानियाँ, कनकाई–३ का ४२ वर्षीय निलमप्रसाद सङ्ग्रौला, अर्जुनधारा–९ का २७ वर्षीय पेमा तामाङ र सोही ठाउँका वर्ष २८ का बालकुमार घिमिरे रहेका छन् ।
झापा जिल्ला अदालतले चारै जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनिहरुलाइ वुधबार पठाइएको हो । यसैगरी, बालिका बलात्कारकै अभियोगमा पक्राउ परेका १४ वर्षीय नावालकलाई भक्तपुरको सुधारगृहमा लैजान अदालतले आदेश दिएको छ ।
प्रहरीका अनुसार भदौ १४ गते अदालतले ती नावालकलाई सुधारगृहमा पठाउने आदेश दिएको हो । नावालकले गत साउन १४ गते ४ वर्षीय वालिकालाई बलात्कार गरेका थिए । बानियाँले साउन २५ गते ९ वर्षकी वालिकालाई बलात्कार गरेको प्रहरीको भनाई छ ।
त्यस्तै, सङ्ग्रौलाले गत असार १० गते २३ वर्षकी महिलालाई बलात्कार गरेको भनी अभियोग लागेको छ भने पेमा तामाङ र बालकुमार घिमिरेले १२ वर्षीया वालिकालाई बलात्कार गरेको अभियोग छ ।