क्लिन नगरपालिकाका लागि खानेपानी सस्थाद्धारा उपभोक्तालाई ११ हजार डष्टबिन

0
Shares

यमलाल भुसाल, बुटवल ।
रुपन्देही जिल्लाको आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाले आफनो क्षेत्रलाई पुर्ण सरसफाईयुक्त बनाउन ११ हजार डष्टबिन बितरण गर्ने भएको छ ।
तिलोत्तमा नगरपालिकाले अघि सारेको ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको अभियानलाई सार्थक बनाउन सस्थाले नगरपालिकासंगको सहकार्यमा आफना उपभोक्तालाई ११ हजार डष्टबिन बितरण गर्न लागेको हो ।
डष्टबिन बितरणका लागि शुक्रवार मणिग्राममा बिशेष कार्यक्रम तय गरीएको छ । नेकपाका महासचिव तथा रुपन्देही क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभामा निर्वा्चित सांसद बिष्णु पौडेलको प्रमुख आतिथ्यमा डष्टबिन बितरण कार्यक्रम हुने सस्थाका अध्यक्ष केशव राज न्यौपानेले जानकारी दिनुभयो ।
सस्थाले उपभोक्ताको बितरणका लागि नया डष्टबिन खरिद गरीसकेको छ । सस्था र नगरपालिकाको पचास पचास प्रतिशतको लगानीमा ५१ लख ७० हजार रुपैयामा डष्टबिन खरिद गरीएको छ ।
सस्थाका ५ हजार ५ सय सबै उपभोक्तालाई प्रति घर दुई दुई वटाका दरले डष्टबिन दिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । उपभोक्ताले रातो र निलो दुई रंगका डष्टबिन पाउने छन । रातो डष्टबिनमा सड्ने र निलोमा नसडने फोहोर राख्नुपर्ने छ । उपभोक्ताले घरमा ति डष्टबिनमा राखेको फोहोरलाई नगरपालिकाको गाडीले उठाएर लैजाने व्यवस्था मिलाएको अध्यक्ष न्यौपानेले बताउनु भयो ।
यसैबिच आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाले आफना उपभोक्ताको सहजताका लागि ई सेवा सुरु गरेको छ । उपभोक्तालाई बिल भुक्तानीका लागि कार्यालयसम्म धाउन नपरोस भनि ईसेवा सुरु गरेको हो ।