संस्कृति संरक्षणका लागि समुह प्रतिस्पर्धा

0
Shares

काभ्रे ।
परिवर्तनका लागि आर्थिक विकासमा साझेदारी, विकासका लागि रोजौ असल सहकारी भन्ने नाराका साथ क्रियटिभ बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको संस्थासँग आवद्ध सहकारी समुह बीच तीज गित प्रतियोगात्मक कार्यक्रममा सदस्यहरुले सहकारीका नमुना कामहरु प्रस्तुत गरेका छन् ।

१० करोड भन्दा धेरै पूँजी परिचालन गरी ५ हजार १ सदस्यलाई सेवा प्रदान गर्दै आएको क्रियटिभ सहकारीले महिलाहरुको समुह मार्फत गाउँ गाउँमा स्वालम्बन र रोजगार प्रदान गर्दै आएको छ । महिलाहरु भित्र लुकेर रहेको प्रतिभालाई तीज गित मार्फत प्रस्फुटन गराई संस्कृतिको संरक्षण र प्रवृद्धन गर्ने उदेश्यले समुह समुह बीच तीज गितको विषयमा प्रतिस्पर्धा गराईएको अध्यक्ष कमला श्रेष्ठले बताईन् । रोटरी क्लव अफ धुलिखेल लगायतका संघ संस्थाहरुको सहयोगमा प्रतिस्पर्धात्मक तीज गित आयोजना गरिएको हो । प्रतियोगितामा विजयी हुने तथा सहभागिहरुलाई घरायसी सामाग्रीहरु उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष लक्ष्मी खनाल, सल्लाहकार अशोक श्रेष्ठ तथा सहकारीमा आवद्ध विभिन्न संघ संस्थाका ब्यक्तिहरुले सहकारी संचालन र त्यसले स्थानीय स्तरमा पारेको प्रभावका बारेमा सुझाव दिएका थिए । प्रतियोगितामा परिवर्तनशिल डाँडागाउँ बहुउदेश्यिय सहकारी, आरुबोट साना किसान बचत तथा ऋण, झरना बचत तथा ऋण, बुल्ले महिला जागरण बचत तथा ऋण, जनता बचत तथा ऋण, चउरदेवी महिला समुह, नारी जागर महिला विकास बहुउदेश्यिय, पाटिखोरिया कृषि बचत तथा ऋण र चुनदेवी महिला समुह गरी ९ वटा समुहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा मञ्जु कार्की लामिछाने, कमला श्रेष्ठ र सिर्जना दवाडीले निर्णायकको भूमिका निभाएका थिए ।

सोहि कार्यक्रममा दृष्टिविहिनहरुको समुह रियल नेपाल पनौतीले गित प्रस्तुत गरेको थियो । उक्त संस्था दृष्टिविहिनहरुका लागि कार्य गर्दै आईरहेको छ ।