प्रदेश राजधानी बुटवलमा ओद्योगिक प्रर्दशनी

0
Shares

बुटवल ।
स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिक तथा व्यापार विविधिकरण भन्ने मुल नाराका साथ आउदो असोज १९ गतेदेखि ५ नम्बर प्रदेशको राजधानी बुटवलमा ओद्योगिक प्रर्दशनी हुने भएको छ ।
२८ गते सम्म संचालन हुन प्रर्दशनीमा ४ सय स्टल सहभागी गराईने छ ।
साना व्यवसायी र उद्योगीहरुका सामनहरुको प्रदर्शन गर्नुका साथै नेपालीहरुको महान पर्व दशैको मुखमा हुन लागेको मेलाबाट दर्शकले दैनिक उपभोग्यका सामानहरु सस्तो मुल्यमा खरिद गर्न सकुन भन्ने मुख्य उदेश्य रहेको उद्योग व्यापार संगठन संघ बुटवलका अध्यक्ष प्रविनबहादुर पाठकले जानकारी दिनु भयो ।
उहाँले २०७२ सालको भुकम्पले ढलेको धरहरा र काठमाडौमा रहेको रानीपोखरीको अवलोकन दर्शकले गर्न पाउने बताउनु भयो । धरहरा हेर्न मात्र नभई दर्शकले नौतला माथि पुगेर अवलोक गर्न सकिने खालको निर्माण हुने जानकारी दिनुभयो । मेलामा करिव १५ देखि २० करोड सम्मको कारोवार गर्ने र ३ लाख दर्शक भित्राउने लक्ष्य लिएको संघका अध्यक्ष पाठकले जानकारी दिनु भयो ।
प्रदर्शनी उद्योग व्यापार संघ बुटवल, नेपाल राष्ट्रिय व्यापार संगठन केन्द्रिय कार्यालय काठमाडौको आयोजना र जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिकाको सहआयोजक का रुपमा रहेका छन ।
१ सय ५० सदस्यीय मुल आयोजक समिति, ५० सदस्यीय सल्लाहकार समिति तथा विभिन्न १६ वटा उप समिति गठन गरी तयारी तिव्र पारिएको संघका निवर्तमान अध्यक्ष खेम श्रीसले जानकारी दिनु भयो ।