जुरायो इन्टु मिन्टु लन्डनमा

0
Shares

लन्डन र नेपालका मनोरम दृश्यसहित आँखालाई शीतलता प्रदान गर्दै निर्माण गरिएको फिल्म इन्टु मिन्टु लन्डनमा को तेस्रो गीत जुरायो–जुरायो बुधबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

कोरियोग्राफर रेनेशा वान्तवा राईको डेब्यु निर्देशनमा बनेको फिल्मको गीतमा गायक राजेशपायल राई र गायिका मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत वसन्त सापकोटाको रहेको छ। विवाहको कुरा छिन्ने प्रसंगमा तयार पारिएको रमाइलो गीतमा फिल्मकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सारुक ताम्राकारले रोमाञ्चक नृत्य गरेका छन्। गीतमा प्रथम मिस नेपाल रुबी राणा, पत्रकार दिलभूषण पाठक, कलाकार अर्जुन श्रेष्ठलगायतलाई फिचरिङ गरिएको छ। फिल्ममा साम्राज्ञी मीरा अर्थात् मिन्टु र नव नायक धीरज मगर इन्टु अर्थात् इशानको भूमिकामा छन्। फिल्म उनीहरूकै रोमान्टिक प्रेम कथामा आधारित छ।

कार्यक्रममा बोल्दै निर्देशक रेनेशा वान्तवा राईले आफूले सधैं गुणस्तरमा विश्वास गर्ने गरेको र इन्टु मिन्टु लन्डनमालाई परीक्षाको रूपमा लिएको बताइन्। ‘फिल्मको सार्वजनिक गीत र ट्रेलरमा दर्शकको प्रतिक्रिया हेर्दा राम्रो काम गरेकी रहेछुजस्तो लागेको छ। शुरूआती समयदेखि नै मैले क्वान्टिटीभन्दा क्वालिटीमा विश्वास गर्दै अँएकी थिएँ। यसो गर्दा धेरै मान्छे मबाट टाढा भइसकेजस्तो लागेको थियो, तर फिल्मको ट्रेलर र गीतबाट पाएको प्रतिक्रिया हेर्दा मैले जे गरें, ठीक गरेछुजस्तो लागिरहेको छ। फिल्मलाई मैले परीक्ष्ाँको रूपमा लिएकी छुु’ –रेनेशाले भनिन्। लोकेसन हेर्नका लागि लन्डन जाँदा नवनायक धीरज मगरसँग भेट भएपछि उनमा नायक हुने गुण देखेर फिल्ममा लिएको उनले खुलासा गरिन्। नायक सारुक ताम्र्रँकारले फिल्ममा आफूहरू सबैले निकै मेहनतका साथ काम गरेको बताए। ‘हामी सबैले राम्रो काम गरेका छौं, यो फिल्म मेरो लाइफको मस्ट अमेजिङ एक्सपेरिएन्स हो’ –उनले भने। नायिका साम्राज्ञी राज्यलक्ष्मीले ए मेरो हजुर–२ मा काम गर्दा पहिलोपटक रेनेशालाई भेटेको र उनका काम मन परेकाले फिल्ममा खेल्न तयार भएको बताइन्। ‘यो फिल्ममा काम गर्दा खुसी लागेको छ, जुरायो–जुरायो गीतको भिडियो मैले पनि आजै पहिलो पटक हेरेको हो। निकै राम्रो लाग्यो, हाम्रँे टिमको यो मेहनतले गर्दा रिजल्ट पनि राम्रो आएको छ’ –उनले भनिन्।

नवनायक धीरज मगरले आफूलगायत फिल्मको टिमले निकै मेहनतका साथ राम्रो काम गरेको बताए। गायक राजेश पायल राईले करिश्मा मानन्धरको समयदेखिका कलाकारसँग काम गरेको चर्चा गर्दै साम्राज्ञीसम्मका कलाकारसँग काम गर्न पाउँदा खुसी लागेको बताए। ‘म लक्की चार्ममा विश्वास गर्ने मान्छे हो, मैले जो काम गरेको छु सबै सफल भएका छन्। फिल्ममा रेनेशालगायत टिमले निकै राम्रो काम गरेको छ। रेनेशाले यसलाई परीक्षणको रूपमा लिएको भनेकी छन्, तर उनले नेपाली फिल्म क्षेत्रलाई धेरै कुरा सिकाएकी छन्। फिल्म अहिले नै हिट भइसक्यो बाँकी रिलिजको दिन थाहा हुनेछ’ –उनले भने। संगीतकार वसन्त सापकोटाले सार्वजनिक भएको गीत एक दिनमै तयार गरेको चर्चा गर्दै इनगेजमेन्टको गीत नेपालमा पहिलोपटक बनेको बताए। ‘रेनेशाले मलाई इनगेजमेन्टको गीत चाहियो भनेपछि एक दिनमै गीत लेखेर बेलुका सुनाएँ। उनले गीत मन पराएपछि गीत रेकर्डिङ गरियो, नेपालमा इनगेजमेन्टको गीत अरू बनेको रहेनछ’ –उनले भने। रुवि राणाले फिल्म आफ्नो जीवनसँग दुरुस्तै मिल्ने र राम्रा कलाकार भएका कारण अभिनय गरेको बताइन्।

आगामी असोज ५ गते अल नेपाल रिलिज हुने फिल्ममा प्रज्ज्वल शमशेर जबरा र रेनेशा वान्तवा राईको कथा रहेको छ भने आभाष कर्मचार्य र रेनेशा वान्तवा राईकै संवाद रहेको छ। प्रज्ज्वल शमशेर जबरा र प्रभु शमशेर जबराको संयुक्त लगानीमा निर्माण भएको फिल्म आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको हो। फिल्ममा विजय लामा, विवेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगार्इं, मेनिशा गुरुङलगायतले पनि अभिनय गरेका छन्। सुजिल कर्माचार्य, हर्कुलस बस्नेत र स्वप्न सुमनसमेत संगीतकार रहेको फिल्मको शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका छन् भने कृष्ण भण्डारीको सम्पादन रहेको छ।