राष्ट्रपति अल्भीलाई महासचिव सियालको बधाई

0
Shares

काठमाडा ।
पाकिस्तानका नव निर्वाचित राष्ट्रपति डा. अरिफुर रेहमान अल्भीलाई दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) संगठनका महासचिव अम्जाद बी सियालले बधाई तथा शुभकामना सन्देश पठाउनु भएको छ ।
आफ्नो सन्देशमा महासचिव सियालले अल्भीको कार्यकालको सफलताको कामना गर्दै क्षेत्रिय सहकार्यमा उहाँको योगदान महत्वर्पूण हुने र सार्कको १९औं सम्मेलन पाकिस्तानमा आयोजना गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नु भएको छ । पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तेहरिक ए–इन्साफ (पीटीआई)का तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नु भएका डा. अल्भी सो मुलुकका १३ औं राष्ट्रपति निर्वाचित हुनु भएको हो ।
मंगलबारको निर्वाचनमा उहााले ३ सय ५३ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्धन्द्धी फजलुर रेहमानले १ सय ८५ मत प्राप्त गर्नु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ ।