कर्णाली प्रदेशलाई सञ्चार प्रविधियुक्त वनाइने

0
Shares

कालीवहादुर मल्ल, कालिकोट ।
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रवहादुर शाहीले सूचना र सञ्चार प्रविधि युक्त प्रदेश वनाउने घोषणा गरेका छन् ।
बुधवार रेडियो प्रदेश आवाज कालिकोटको उद्घाट गर्दै मुख्य मन्त्री शाहीले यस्तो उदघोष गरेका हुन । उनले जवसम्म सञ्चार क्षेत्रको तिव्र विकास हुदैन तवसम्म समग्र विकास असम्भव भएकाले आम सञ्चार र पत्रकारिता क्षेत्रको विकासका लागि आफ्नो ध्यान केन्द्रीत भएको वताए ।
हुम्लामा प्रदेश डिभिजन कार्यालय उदघाटन गरी कालिकोट पुगेका मुख्य मन्त्री शाहीले कर्णाली क्षेत्रको सञ्चार र पर्यटन विकासका लागि प्रदेश सरकारको बजेट केन्द्रीत रहेको जनाकारी गराए ।


उद्घाटन कार्यक्रममा मुख्य मन्त्री शाहीले लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेको स्वतन्त्र पत्रकारितालाई अङ्कुश लगाउने काम प्रदेश सरकारले कहिले पनि नगर्ने र कोही कसैबाट हुन नहुने धारणा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री शाहीले कर्णालीका जनता विकास र समृद्धिको खोजिमा रहेकाले नयाँ योजना बनाएर प्रदेश सरकार अगाडी वढेको अवस्थामा पत्रकारहरुले साथ दिनु पर्नेमा जोड दिए ।
रेडियो प्रदेश एफएमका अध्यक्ष रत्न कार्कीको सभापतित्वमा उदघाटन गरिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल,वन,वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढा लगाएतको उपस्थिति रहेको थियो । ]