प्रेस स्वतन्त्रतालाई कुन्ठित पार्न कसैले चाहेर सक्दैन्ः बरिष्ट उपाध्यक्ष पोखरेल

0
Shares

यमलालल भुसाल, बुटवल ।
नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ट उपाध्यक्ष विपुल पोखरेलले पत्रकारको लेख्न पाउने अधिकारलाई कसैले खोस्न नसक्ने बताउनु भएको छ । उहाँले कुनै पनि बहानामा प्रेस स्वतन्त्रतालाई कुन्ठित पार्न खोज्दा राज्य र नागरिक विचको दुरि बढ्दै जाने स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लव प्रदेश नम्बर ५ ले गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले लोकतन्त्रमा वाक तथा अभिव्यक्ति स्वतन्त्रता र सुचनाको हकमाथी बन्देज लगाउने प्रयास कदापी स्विकार्य नहुने बताउनुभयो । घाटीमा तरवार तेस्राएर स्वतन्त्र र निश्पक्ष पत्रकारिताको अपेक्षा गर्नु सरासर गलत उहाँको तर्क छ ।

रिपोर्टर्स क्लव प्रदेश नम्बर ५ का संयोजक रामकुमार क्षेत्रीको अध्यक्षतामा भएकmो कार्यक्रमको संचालन कपिल ज्ञवालीले गर्नु भएको थियो । कार्यक्रममा क्लवमा उपाध्यक्ष पोखरेल पहिलो पटक गएको भन्दै अध्यक्ष क्षेत्रीले खादा ओडाएर स्वागत गर्नु भएको थियो ।