चोरी अभियोगमा पाँच पक्राउ

0
Shares

बुटवल ।
प्रहरीले बिभिन्न स्थानमा चोरीको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले ४ जनालाई मोटरसाईलक चोरीको अभियोगमा पक्राउ गरेको हो भने बाँकी एक जनालाई नगद सहित सुनका गरगहना चोरी गरेको अभियोगमा पक्राउ गरेको हो । यहि भदौ १५ गते राती बुटवलको राजमार्ग चौराहा नजिकै कमला मल्लको लु ११ प ६६४ मोटरसाईलक चोरी गरेको अभियोगमा सुनवल नगरपालिका वडा नं. ९ का १९ वर्षीय अवजल अलीलाई मोटरसाईकल सहित पक्राउ गरको हो ।

त्यस्तै गत सोमबार राती बुटवल ७ सिद्देश्वरीबाट लु २५ प ३७५७ नम्बरको मोटरसाईलक चोरी गरी लैजाँदै गर्दा रुपन्देही देवदह नगरपालिका वडा नं. १० का २६ वर्षीय सागर थापा मगर र बुटवल ११ का २१ वर्षी अजय चौधरीलाई पक्रउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवल २ फूलबारीमा पार्किङ गरेको रामबहादुर बरालको लु ३७ प ५४१५ नम्बरको मोटरसाईकल गैडहवा ९ हात्तिबजार रुपन्देहीका २५ वर्षीय बिष्णु क्षेत्रीले भारततर्फ लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई चोरी मुद्धामा जिल्ला अदालत भैरहवाबाट म्याद थप गरि अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

त्यसैगरी गत मंगलबार पौने तीन बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नं. ११ मा गुणाखर अधिकारी पिसाव गर्न जंगलमा गएको वेला मौका छोपी तिलोत्तमा ११ का २५ वर्षीय सुदेश पुनले धाकधम्कि दिई अधिकारीको साथमा रहेको १५ हजार ९ सय रुपैंया नगद तथा सुनको सिक्रि चोरी गरेकोमा पुनलाई पक्राउ गरि अनुसन्धा अंगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बुटवलले पठाएको सूचना बुलेटिनमा उल्लेख गरिएको छ ।