शुरुमै उपचार भए अर्बुद रोग निको हुने

0
Shares

काठमाडौँ ।
नेपालमा धेरैजसो अर्बुदरोगी जनचेतनाको अभाव र पर्याप्त स्वास्थ्य सुविधाको अभावले अन्तिम अवस्थामा अस्पतालमा आइपुग्ने गरेको बताइएको छ ।
क्यान्सर काउन्सिल नेपालद्वारा सूर्तीजन्य पदार्थको रोकथामबारेमा मङ्गलबार सञ्चालित अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रममा नेपालमा धेरै अर्बुद रोगी समयमा नै उपचार नपाएर मर्ने गरेको वक्ताले बताए । काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले सूर्तीजन्य पदार्थकै कारण अर्बुदरोग, मुटुरोग, दमलगायत विभिन्न किसिमका रोगबाट हजारौंँ मानिस प्रभावित भएको बताउँदै सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सकेमा हजारौं मानिसलाई अकालमा ज्यान गुमाउनबाट बचाउन सकिने स्पष्ट गर्नुभयो ।

नयाँ पुस्तालाई सूर्तीजन्य पदार्थबाट जोगाउनका लागि विद्यालयस्तरबाटै संस्थाले त्यसविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक भएको बताउँदै उहाँले यसबारे अभिभावकले किशोरकिशोरीलाई सम्झाउनुपर्ने बताउनुभयो । डिएभी सुशील केडिया विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र खनालले विद्यालयले पनि सूर्तीजन्य पदार्थ सेवनमा रोक अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
रासस