पूर्ण सरसफाईका लागि चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

0
Shares

ललित सिंह, बझाङः ।
बझाङ जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला निमार्णका लागि चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा जसरी २०७२ सालमा खुल्ला दिशा मुक्त, जिल्ला घोषण गरेको थियो सोहि लक्ष्य अनुरुप अहिले जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएर सरसफाईलाई निरन्तरता दिन सामाजिक सहजकार्ताहरुलाई प्रशिक्षण तालिम दिएको हो । एकिकृत बिकास समाज नेपालको आयोजनामा संञ्चालीत उक्त कार्यक्रम जिल्ला लाई सरसफाई युक्त जिल्ला बनाउने लक्ष्यका साथ २२ जना सामाजिक सहजकर्तालाई चार दिने समुदाय स्तरीय खानेपानी सरसफाई सम्बन्धी तालिम दिई जिल्लाको पूर्ण सरसफाईमा योगदान पुग्ने हिसाबले कार्यक्रम संञ्चालन गरिएको हो ।


हाम्रो गाउँघरमा सरसफाई के हो र किन गर्नु पर्छ भन्ने कुरा थाहा नै छैन्, साबुन लगाएर हात धुन लागे पछि छिमेकीहरुले कुरा, अबत सर भएको रहेछ भनेर काटिरहन्थे –फलानोको छोरो बेस्याई कति राख्दो छ ) बडा साबुन लगाएर हात धुने भएको भनेर कुरा काट्रदै हिड्ने समााज । तर अहिले सामाजिक कर्ता र बिभिन्न सरोकारवालाहरुको अगुवाईमा अहिले प्रत्यक बिद्यालय र घरदैलो कार्यक्रम गरी समाजमा सरसफाई सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरी अहिले पहिलेको कुरा काट्ने मान्छे आफै समाजमा सरसफाई गनु पर्छ भनी हिड्न थालेको आईडिएस नेपालका जिल्ला वांस अधिकृत रमानन्द्र जोशीले बताए ।

उनले भर्ने हाम्रो समाजमा एक्कासी राम्रो कामको थालनी गर्दा धर्ती पल्टिन्छ भनेझै गर्दछन् अहिले सरसफाई सम्बन्धी बिभिन्न क्रियाकलाप गरेर यसको महत्व थाहा पाए पछि समाजका र सामाजिक क्षेत्र र सार्वजर्निक स्थलहरुमा सरसफाई गर्न थालेका हुन् ।
बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा नेपाल सरकारको सहकार्यमा एकिकृत बिकास समाज नेपालको सहजकिरणमा जिल्लाका दिवा खाजा लागु भएका बिद्यालयहरुमा सरसफाईका कार्यहरु अगाडी बढाएको हो ।

खानेपानी सरसफाई तथा स्वच्छता सुबिधामा सुधार गर्न जिल्लाका २९५ वटा प्राथमिक तथा आधारभुत बिद्यालयहरुमा नमुनाको रुपमा २ बर्ष अगाडी उक्त कार्यक्रम संञ्चालन भएको हो ।

समुदायमा सरसफाईको अवस्थामा परिवर्तनका क्रियाकलाप गदै आएको छ । सन्२०३० मा नेपाल सरकारको निर्णय अनुसार देशलाई सरसफाई युक्त देश निमार्ण गर्ने लक्ष्य लिए अनुसार यस जिल्लाले चार वर्ष भित्र वझाङ जिल्ला लाई पनि पुर्ण सरसफाई युक्त जिलला घोषण गर्ने भनि जिल्ला सभाले निर्णय गरेर सरसफाईका क्रियाकलापलाई प्रभाकारी ढंगबाट अगाडि बढाउन सबै स्थानीयतह संघसंस्था र सरोकारवाला निकार्य सबै लागिरहेका छन् ।