एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स् कन्फरेन्स समापन

0
Shares

काठमाडौँ ।
एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स् कन्फरेन्स समापन भएको छ ।
नेपाली सेना र यू.एस् ईन्डो प्यासिफिक कमाण्ड डाईरेक्टोरेट अफ ईन्टेलिजेन्सको संयुक्त आयोजनामा एसिया प्यासिफिक क्षेत्रमा पर्ने मित्रराष्ट्रहरुका उच्च सैनिक रथीबृन्द तथा अधिकृत प्रतिनिधिहरुको सहभागीतामा भाद्र १८ गतेबाट शुभारम्भ भएको ११ औँ एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स् कन्फरेन्स को आज बलाध्यक्ष हेमन्त राज कुँवरले होटल हायतमा एक समारोहका बीच समापन गर्नुभएको छ ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा अस्ट्रेलिया, अमेरिका, बंगलादेश, बु्रनाई, बेलायत, कम्बोडिया, क्यानडा, लगायतका विभिन्न २३ राष्ट्रहरुका उच्च तहका सैनिक अधिकृतहरुको सहभागिता रहेको थियो ।

कन्फरेन्समा सहभागी मित्रराष्ट्रहरुका रथीबृन्द तथा अधिकृतहरुलाई नेपालको पर्यटकीय स्थल स्याङबोचे, पाटन दरवार स्क्वायर र स्वयम्भूनाथको अवलोकन भ्रमण गराईएको थियो ।

सन् २००७ मा मलेशियाबाट सुरुवात भएको यस एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स् कन्फरेन्स को बाह्रौ संस्करण आगामी वर्ष २०१९ मा फिलिपिन्समा हुने तय भएको छ ।