लागुऔषधसहित एक व्यक्ति पक्राउ

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङमा प्रहरीले लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले लमजुङको वेसीशहर नगरपालिका– २ गैह्री स्थितमा २५ वर्षिय विनोद शाहीलाई पक्राउ गरेकोे हो ।

उनको साथबाट प्रहरीले लागुऔषध फेनरागन, नुर्फिन र सेरीजेक ९÷९ एम्पुल गरी जम्मा ९ सेट सहित विनोद शाही पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनु भएको छ । यहाँका अनुसार सो व्यक्तिलाई उसको गाउँबाट प्रहरी जवान दिपक गिरी समेतको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रतिवादी शाहीलाई लमजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको अधिकारीले बताउनु भएको छ ।